English

खगेन्द्र लामिछाने भन्छन्- ‘पानीफोटो’ मेराे सपनाकाे फिल्म हाे



अभिनेता खगेन्द्र लामिछानेलाई उनकै लेखन रहेको फिल्म ‘पशुपति प्रसाद’ ले दर्शकमाझ लोकप्रिय बनायो । ‘बधशाला’ मार्फत अभिनयमा उदाएका खगेन्द्रले त्यसअघि नै ‘टुल्के’ परिचय बनाइसकेका थिए । ‘टलकजंग भर्सेस टुल्के’ मा अभिनय गरेपछि उनले ‘टुल्के’ उपनाम पाएका थिए ।

पछिल्लो समय उनी आफूलाई निर्देशकको रूपमा उभ्याउँदैछन् । उनले निर्देशन गरेकाे ‘पानीफोटो’ रिलिजकाे तयारीमा छ । निर्देशनसँगै फिल्ममा उनकाे अभिनय पनि देख्न पाइनेछ ।

कोरोनाभाइरसको महामारीपछि सिर्जित अवस्थाका कारण उनको फिल्म प्रदर्शनमा ढिलाइ भएको छ । उनले आफै लिखित नाटकलाई फिल्मको स्वरूप दिएर ‘पानीफोटो’ दर्शकमाझ ल्याउँदैछन् । ‘मेरो सपना नै थियो कि यसलाई फिल्म बनाउने, किनकि म यो कथालाई धेरै दर्शकमाझ पुर्‍याउन चाहन्छु,’ उनले भने, ‘मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिएँ ।’

लामिछानेले फिल्ममा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाउन खाेजेका छन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै कथामा निर्माण हुन लागेको हो ।

अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झना पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरूलाई सदुपयोग गरी इमान्दारीपूर्वक ‘पानीफोटो’ ल्याउने बताए ।

‘द्वन्द्वले हामीलाई क्षति नै पुर्‍याएको थियो, त्यसैले फेरि त्यो हुनुहुन्न भन्ने मान्यताका साथ फिल्म बनाउने प्रयास गर्ने छु,’ उनले भने । उनले यो समय द्वन्द्वकाे कथा भन्ने समय रहेको प्रतिक्रियासमेत दिए । ‘त्यो समयमा द्वन्द्वको प्रभाव थियो त्यसैले हामीले केहीभन्दा एक पक्षलाई राम्रो र अर्कोलाई नराम्रो स्वत लाग्थ्यो, तर अब सबैले बुझेका छन् र हामीले नयाँ पुस्तालाई बुझाउनु छ,’ खगेन्द्रले भने ।

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा तयार फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।

पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । फिल्मलाई दर्शकमाझ ल्याउने तयारीमा खगेन्द्र छन् । अभिनेताको रूपमा दर्शकको मन जितेका खगेन्द्र निर्देशनमा के हुन्छन् ? यो भने आउँदो समयले नै बताउनेछ । 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।