English

यी हुन् नियमित गाजर खानुको १० फाइदा



गाजर स्वादिलो तथा स्वास्थ्यवर्धक खानेकुरा हो भन्ने कुरामा दुईमत छैन । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले स्वस्थ राख्न सहयोग गर्छ । हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुन सक्छ । गाजर नियमित खानुका फाइदा यी हुन् :

आँखाको शक्ति बढाउँछ

गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गाजरमा प्रसस्त ‘बिटा क्यारोटिन’ नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन ‘ए’को कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ ।

बुढ्यौली रोक्छ

बुढ्यौली सर्वव्यापी सत्य हो । तर, नियमित रुपमा गाजर खानाले कम उमेरमै बुढ्यौली देखिने समस्या कम हुन्छ । गाजरले मानिसलाई जवान बनाउँछ । गाजरमा हुने ‘एन्टीअक्सिडेन्ट’ नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ ।

छालाको चमक बढाउँछ

भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।

क्यान्सरबाट बचाउँछ

अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्द्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।

सुन्दरताको लागि

अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ । यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन् ।

घाउ निको पार्छ

गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ ।

हृदयरोगबाट बचाउँछ

गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ । गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ । गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ ।

स्वस्थ दाँत र गिजा

नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ । मज्जाले गाजर चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अड्किएका खानाका टुक्रा पनि निस्कन्छन् । मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ ।

शरीर सफा गर्छ

गाजरले शरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ । गाजरमा पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ । यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्द्रालाई पनि सफा गर्न मद्दत गर्छ ।

हृदयाघातबाट बचाउँछ

अमेरिकाको हार्वड विश्वविद्यालयमा गरिएको अनुसन्धानको अनुसार हप्तामा ६ वटा भन्दा बढी गाजर खाने मान्छेमा हृदयाघातको खतरा कम हुन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।