English

हजारौँ हेक्टरको धानबालीमा क्षति, मौसम नखुल्दासम्म नकाट्न सुझाव



दसैं नसकिदै किसानलाई धान बाली भित्र्याउन चटारो छ । वर्षदिन मेहनत गरी फलाएको बालीलाई गए राति परेको अविरल वर्षाले ठूलो नोक्सान पुर्याएको छ । काटेर भित्र्याउन ठिक्क पारेको धानबाली पानीले क्षति पुर्याउँदा किसान मारमा परेका हुन् ।

काटेर थ्रेसिङ गर्न बाँकी रहेकोे धानबालीमा वर्षाका कारण ठूलो क्षति पुगेको कैलाली भजनी नगरपालिकाका कृषक केवल चौधरीले बताए । २ बिगाहामा लगाइएको धानखेती र वर्षभरीको मेहनत खेर जानेमा उनले चिन्ता व्यक्त गरे । सोही नगरपालिका वडा नं.८ सोनाफाँटाकी कृष्णा चौधरीले ४ बिगाहामा लगाइएको धान बालीमा क्षति पुगेको बताइन् । ‘वर्षदिनको मेहनतको फल लिने बेलामा आएको अविरल वर्षाले धानबाली नष्ट हुनेभयो,’ उनले चिन्ता व्यक्त गरिन् ‘यो वर्ष भोकमारी हुन्छ, ८ कठ्ठा काटेको धान डुबानमा छ, नकाटेको धान हावाहुरीले ढलाएर क्षति पुगेको छ ।’ उनले थपिन् ‘हावाहुरीले ढलाएको धानबालीको के आशा गर्नु, पानीमै उम्रिन्छ ।’ पानीले क्षति पुगेको धानको मूल्य घट्ने र उत्पादन लागत पनि नउठ्ने उनको भनाई थियो ।

निरन्तर पानी परिरहेकाले काट्ने तयारीमा रहेको धान मौसम नखुलुञ्जेल नकाट्न किसानलाई बोहराको सुझाव छ । ‘नकाटेको धान काट्न हतार गर्न भएन, एक–दुई दिन मौसम खुल्नको लागि कुर्नुपर्छ, ’ बोहराले भने, ‘किसानले काटेको धान पानीबाट निकालेर सुरक्षित स्थानमा राख्नु पर्ने देखिन्छ ।’

किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर धानबालीलाई बेमौसमी वर्षाले नोक्सान पु¥याएको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद बोहरा बताउँछन् । ‘ ठ्याक्कै के–कति क्षति भयो भन्ने एकिन नभएपनि अनुमानित १० हजार हेक्टर क्षेत्रफलमा क्षति भएको देखिन्छ, अझै विवरण आउन बाँकी छ,’ उनले भने, ‘पानी परिरहेकाले क्षतिको विवरण संकलन गर्न समस्या छ, तर स्थानीय तहका साथीहरु फिल्डमै छन् ।’

किसानले ३० देखि ४० प्रतिशत धान बाली मात्र भित्र्याउन पाएको उनले बताए । बाँकी धान खेतमै छ । ‘खडा भएको धानमा त्यति क्षति नपुगेपनि काटेर सुकाउन राखेको र भित्र्याउन नपाएको धानमा नराम्ररी नोक्सानी पुगेको छ’, मौसम खुलेमा क्षति कम हुनसक्ने बताउँदै बोहराले भने, ‘धान, केरा र अगौटे तरकारी बालीमा समेत पानीले क्षति पुर्याएको छ ।’

निरन्तर पानी परिरहेकाले काट्ने तयारीमा रहेको धान मौसम नखुलुञ्जेल नकाट्न किसानलाई बोहराको सुझाव छ । ‘नकाटेको धान काट्न हतार गर्न भएन, एक–दुई दिन मौसम खुल्नको लागि कुर्नुपर्छ, ’ बोहराले भने, ‘किसानले काटेको धान पानीबाट निकालेर सुरक्षित स्थानमा राख्नु पर्ने देखिन्छ ।’

समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएका भएपनि अहिले उक्त परिणाममा धान भित्र्याउन नपाउने बोहराको भनाई छ । उत्पादन भएको धानबालीसमेत राम्रो मूल्य पाउन नसक्ने भएकाले किसानहरू प्रत्यक्ष मारमा पर्ने बोहराले बताए । ‘धान भिजेका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मुल्यमा धान खरिद गर्नसक्ने भएकाले सरोकार वालाले ध्यान दिनुपर्छ ।’ उनले भने ।

धान मात्र नभएर कुनै पानी बाली भित्र्याउनु अगावै मौसमबारे जानकारी लिएर मात्र कटान सुरु गर्नुपर्ने बोहराको सुझाव छ । ‘पानी पर्नु अगावै मौसम पूर्वानुमान महाशाखा जानकारी दिने भएकाले किसानले आगामी दिनमा यस्ता कुरामा ध्यान दिनुपर्छ ।’

तस्वीरः रासस/राजु चौधरी

यो पनि पढ्नुहोस् :
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।