आलु उत्पादनमा सुधार आएसँगै कृषक फुरुङ्ग
आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि आए पछि निराशा भएको कृषक यस सिजनमा आलुको उत्पादनमा सुधार आएसंगै कृषको आशा पलाएको छ ।
फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय पेमा शेर्पाले आठ मुरी ९एक मुरीमा २० पाथी हुन्छ० आलु गत असारमा रोपेकी थिइन् । गत साता आलु खन्दा २० मुरी आलु जम्मा गरिन् ।
सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकोमा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र भएकाले याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीको रुपमा आलु खेती गर्दै आएको छन् । वितगका वर्षहरूमा राम्रो आलु उत्पादन हुदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमि आएको स्थानीय उटुक शेर्पाले बताए ।
आलुको भण्डारणको रूपमा रहेको घुन्सा क्षेत्रमा गतवर्ष आलु बिऊको अभाव भएको थियो । बिऊ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बिऊ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताइन् । तर, गत वर्ष भन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाई रहेको छ ।

आलुको व्यापार
याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मंसिरको तोस्रो सातादेखि याङमा क्षेत्रका आलु कृषकहरूले याङमादेखि दुई दिन याकमार्फ ढुवानी गरेर चेने सम्म पुर्याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषकहरू तयारी हुन्छ ।
आलु बिऊका लागि तल्लो क्षेत्रका समूदायरुले कोदो, मकै लागयतका अन्न बोकेर दुई चार दिन पैदल यात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछ । घुन्सा क्षेत्रका आलु व्यापारीक केन्द्र फले पुग्ने गर्दछ । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथी सम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमि आएसँगै आलुको त्यती व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षहरूमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ । आलु उत्पादनमा सुधार आएसंगै आलु कृषकहरूमा आशा पलाएको स्थनीयको भनाइ छ ।
तर, यी क्षेत्रहरूमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक संकलन नभएको फक्ताङलुङ गाउँपालिकाका कृषि शाखाका प्रविधिक सहायक ओम प्रकाश शर्माले बताए ।