English

फलफूल किसानलाई पेन्सन !



रावाबेँसी गाउँपालिकाले फलफूल उत्पादन गर्ने किसानलाई पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी लिनसक्ने अवस्थामा पुर्‍याउने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको छ । नगदे बाली मानिने फलफूल खेतीतर्फ आकर्षित गर्न फलफूल खेतीलाई भविष्यको पेन्सनको नारा दिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए । 

एभोकार्डो र कागतीको बिरुवा वितरणका लागि माग आह्वान गरिएको र सोही मागका आधारमा किसानलाई बिरुवा बाँडिने गाउँपालिकाले जनाएको छ । ६ वडा रहेको गाउँपालिकामा फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तगएत किसान पेन्सन कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ । विगतका वर्ष लिची, आँप र सुन्तला खेती प्रवद्र्धनका लागि बजेट खर्च गरेको गाउँपालिका

चालु आर्थिक वर्षमा भने किसान पेन्सनको नाममा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको हो । ‘फलफुल खेतीलाई किसानको पेन्सन मानिन्छ । उमेर हुँदा किसानले फलफुल लगाइराखे त्यसले जीवनको उत्तरार्धमा पेन्सनको काम गर्ने गरी नारा बनाएका हौँ,’ कृषि शाखा संयोजक राईले भने, ‘भोलिको दिनलाई सुरक्षित गर्नुहुन्छ भने फलफुलका बिरुवा लगाउनुहोस् जसले गर्दा बुढेसकालमा पेन्सनको रुपमा सहयोग गर्छ । अरु काम सक्दा र पावर हुँदासम्म मात्र हुन्छ । बिरुवालाई हुर्काउन सकियो भने त्यसले जीवनभर पाल्न सक्छ ।’ 

एभोकार्डो र कागतीको बिरुवा लिन गाउँपालिकाले पाँच सय मिटरदेखि १८ सय मिटर उचाईसम्मका भूगोलका किसानलाई आवश्यक कागजातसहित बिरुवा माग गर्न लागि सूचना जारी गरेको थियो । चक्लाबन्दीमा मिलेर फलफुल बगैंचा स्थापना गर्न चाहने समूह वा किसनाहरूलाई बिरुवा वितरणमा पहिलो प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । कृषि प्राविधिकको सल्लाहअनुसार दुरी कायम गरी खाल्डो तयार भएपछि मात्र किसानलाई बिरुवा उपलब्ध गराइने गाउँपालिकाको कृषि शाखाले जनाएको छ । 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।