English

सम्पादकीय

सुरक्षित दसैंको शुभकामना ।



अनुप के बराल

सत्यमाथि सत्यले विजय प्राप्त गरेको खुसियालीमा मनाइने सांस्कृतिक महत्वको चाड हो दसैं । शताब्दियौं पुरानो यो चाडले विशिष्ट महत्व बोकेको छ । लामो समय परिवारसँग टाढा बसेकाहरु परिवार भेटन फर्कने मेलोमेसो मिलाउने समय पनि हो दसैं । पारिवारिक भेटघाट गर्ने, ठुलाबडासँग आशिर्वाद थाप्ने, धुमलिएको सम्बन्ध सच्याउने–सुधार्ने र फेरि नवताजगी बनाउने माध्यम पनि हो दसैं । महिषासुर बधको होस् वा रावणमाथी रामको विजयको कथा किन नहोस् यो चाडले व्यक्तिगत देखि समाज हुँदै रास्ट्रसम्मकै कुरिती, कुप्रथा, विसंगती असन्तोष र असामाजिक बेथितिमाथि विजय प्राप्त गर्ने संदेश दिएको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दसैं मनाउनुको विकल्प छैन् । आजको रमाइलो भोलि सबैलाई संक्रमण फैलाउने माध्यम बन्नु घातक हुनसक्छ । खोप कोभिडको निराकरण होइन । खोप लगाएकाहरुमा पनि कोभिड संक्रमणको जोखिम उत्तिकै रहन्छ । त्यसमाथि हालसम्म जम्मा २० प्रतिशत जनताले मात्र दुबै मात्रा खोप लगाएको अवस्थामा हामी यसबाट सुरक्षित छँदै छैनौं ।


घटस्थापनादेखि पूर्णिमासम्म लगातार १५ दिनसम्म मनाइने यो चाडमा ९ दिनसम्म प्रत्येक दिन विशेष महत्व बोकेकी शक्तिधात्रीको आराधना गरिन्छ । विभिन्न शक्ति पिठ र मन्दिरहरुमा पूजा गर्नेदेखि बजारमा किनमेल गर्नेहरुको थामी नसक्नु भिड हुन्छ । गतवर्ष कोरोनाका कारण नराम्ररी बिथोलिएको चाडपर्वको रौंनक यसपाली भने केही सन्तोषजनक देखिन्छ । कोभिड खोपका कारण बढेको आत्मविश्वासले गाउँ सहरमा चहलपहल बढेको छ । सहरबाट गाउँघर फर्कनेहरुको लर्को लामै छ ।

पछिल्लोसमय कोभिड–१९ का केसहरु घट्दै गएपनि जोखिम अझै टरेको छैन् । घरभित्रैपनि संक्रमणको जोखिम रहने हुनाले सुरक्षा मापदण्डको पालना अपरिहार्य छ । के बालबालिका, के जवान, के पाका यसको जोखिम सबैमा सरोबरी छ भन्ने बिर्सनु हुदैन । कोभिडले हालसम्म एघार हजार बढी नेपालीको ज्यान लिइसकेको छ । यसकारण स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दसैं मनाउनुको विकल्प छैन् । आजको रमाइलो भोलि सबैलाई संक्रमण फैलाउने माध्यम बन्नु घातक हुनसक्छ । खोप कोभिडको निराकरण होइन । खोप लगाएकाहरुमा पनि कोभिड संक्रमणको जोखिम उत्तिकै रहन्छ । त्यसमाथि हालसम्म जम्मा २० प्रतिशत जनताले मात्र दुबै मात्रा खोप लगाएको अवस्थामा हामी यसबाट सुरक्षित छँदै छैनौं । पछिल्लोसमय स्वास्थ्यको न्यूनतम मापदण्ड समेत कमैले पालना गरेको देखिन्छ । सेनिटाइजर प्रयोग गर्नेको संख्या घट्दो र चिउँडोमुनि मास्क लगाउनेको जमात बढ्दो छ । यसैले जोगिएर पर्व मनाऔं । ताकि हाम्रा आगामी दिनहरु समेत उत्सवमय बनिरहोस् ।

नवरात्रभर गरिने दुर्गाभवानीको नौं स्वरुपको पूजाप्रसादलाई आशीर्वाद र सम्मानको रुपमा ग्रहण गरौं । व्यक्ति बिशेष भित्र रहने काम, क्रोध, लोभ, मोह जस्ता दुर्गुणहरुमाथि विजय प्राप्त होस् । ऋण र भिड्को दसैं भन्दा सदभाव र संस्कारको सन्तुलित दसैं मनाउ ।


सरकारको रवैया जस्ताको त्यस्तै छ । कोभिडका कारण रोजगारी, व्यवसाय अनि दैनिक आम्दानी बिथोलिएकाहरु तंग्रिने प्रयासमा छन् । कोभिडबाट ज्यान गुमाएका परिवारले सकी नसकी दुःख लुकाएर खुशी देखाउनु पर्ने बाध्यता छ । गतवर्षका कोभिड संक्रमितहरुले समेत अझै बीमा रकम भुक्तान पाएका छैनन् । अचाक्ली बढेको महंगी सरकारको काबु बाहिर गएको छ । परिस्थिती प्रतिकुलै भएपनि आ–आफ्नो संस्कार, संस्कृति र परम्परालाई जोगाउँदै लैजाने दायित्व पनि हाम्रै हो । तर दसैं, तिहार लगायतका चाडपर्वले परम्पराका नाउँमा विकृति विसंगति निम्त्याएको गुनासो व्यापक छ । अरुको देखासिकी अनावश्यक खर्च नगरौं । चाडपर्वलाई आफ्नो क्षमताअनुसार सहज बनाऔं । यसका खराब पक्षलाई समयानुकूल परिमार्जन गर्दै लैजान सके मात्र हाम्रो संस्कृति र परम्परालाई कालान्तरसम्म जोगाउन सकिन्छ । नवरात्रभर गरिने दुर्गाभवानीको नौं स्वरुपको पूजाप्रसादलाई आशीर्वाद र सम्मानको रुपमा ग्रहण गरौं । व्यक्ति बिशेष भित्र रहने काम, क्रोध, लोभ, मोह जस्ता दुर्गुणहरुमाथि विजय प्राप्त होस् । ऋण र भिड्को दसैं भन्दा सदभाव र संस्कारको सन्तुलित दसैं मनाउ । सबैलाई सुरक्षित दसैंको मंगलमय शुभकामना ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।