English

लघु कथा

खसी ????



मलाई मेरै दाजुभाइले मोलमोलाई गरेर बेच्यो । कोठीमा कोही मेरो आँखा, कोही स्तन, कोही हिप, कम्मर र तिघ्राको स्वादको कुरा गर्दथ्यो, ठिक अहिले मार हान्न लागेको खसीलाई जस्तै, मलाई त्यो बधशालाबाट भगाएर मेरो लोग्नेले केही महिना अघि यहाँ ल्याउनुभयो । मैले पनि खसीलाई म जस्तो हुन दिन सकिनँ र भगाएँ ।

–अनिता लामा
उसले खसी जोख्यो, २२ किलो ३०० ग्राम रहेछ । भनेको मोलमा केही मोलमोलाई भयो, खसी किनियो, गाडीमा हाल्यो । उसको ६ वर्षे छोरो सार्‍है खुशी देखियो । घरमा पुग्यो गाडीबाट खसी झर्नै मानेन । बेस्सरी करायो, जति करायो घरका मानिसहरू सबै रमायो । कारण यो घरमा खसी ल्याएछ भन्ने सन्देश खसी कराएकोले छिमेकतिर प्रवाह भयो । घरका मानिसहरू मख्ख परे । जबरजस्ती गाडीबाट खसी बोकेर झार्‍यो, घरका मानिसहरुले पालैपालो दाम्लो समातेर यताउता हिडाल्यो । साना बच्चाहरुले हट् घोडी हट् भनेर खेले । कसैले यसको कान सफा र पातलो रहेछ, पोल्दा छिटै पाक्ने भो भन्यो । बच्चाहरूले पुच्छर समातेर भने : हजुरबा पुच्छर चाहीँ जक्कीलाई है ! जक्की भनेको घरको कुकुर हो । आँखा त क्युटीको जस्तै रहेछ, क्युटीलाई नै दिनुपर्छ है बाबा । क्युटी भनेको सेतो बिरालो हो घरको । अर्कोले उचाल्यो, अलि बोसो छ कि जस्तो छ । बोसो त रक्तिमा लतपताएर भुटन बनाउनपर्छ के, घरकी कोही महिला पात्र बोलिन् । गर्दन चाहीँ गजक्क मोटो रहेछ ह्याकुलासँग मिसाएर झोल बनाउनुपर्छ, अर्को पात्र बोले । खसीलाई घर बाहिर आँगनको कुनामा बाँधियो । केही स्याउला, घाँसहरु राखिदियो । खसी रातभरि करायो, छटपटायो, नजिकै भएको स्याउला पातहरु खाँदै खाएनछन् । श्यामाले मध्यरातमा भान्सामा भएको केही सब्जीहरु लगिदियो, शरीर मुसारिदियो, खसी शान्तपूर्वक बस्यो । भोलिपल्ट विहान दशैंको अष्टमी, घरका सबैजना खसी काट्न तयारी गरे । कोही रक्ति थाप्ने भाँडो खोज्ने भए, कोही खुकुरी साँध लाउन थाले, कोही फोक्सो फुक्ने रहरमा बसे, कोही अचानो खोज्न थाले । सबैले एकै स्वरमा भनें रातभरि कराएर कति डिस्टर्ब गरेको यसले । श्यामा खुसुक्क खसीको विष्ट सफाई गर्दै थिए, डोरी फुस्काइदिए र खसी भगाइदिए । मार हान्ने बेला आयो, खसी थिएन, खसीको डोरी, फोहोर गरेको विष्ट केही थिएन । श्यामा बेस्सरी हाँसिन् र चिच्याइन् : मलाई मेरै दाजुभाइले मोलमोलाई गरेर बेच्यो । कोठीमा कोही मेरो आँखा, कोही स्तन, कोही हिप, कम्मर र तिघ्राको स्वादको कुरा गर्दथ्यो, ठिक अहिले मार हान्न लागेको खसीलाई जस्तै, मलाई त्यो बधशालाबाट भगाएर मेरो लोग्नेले केही महिना अघि यहाँ ल्याउनुभयो । मैले पनि खसीलाई म जस्तो हुन दिन सकिनँ र भगाएँ ।

अनिता लामाद्वारा लिखित अन्य सामाग्रीहरु
‘एकल आमा’
एकल आमा–२
प्लीज पारमिता
‘पाङ्ग्रा’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।