English

एसएसपी अशोक सिंह: दसैँमा वृद्ध बुबाआमालाई मिस गर्दै नागरिककाे सुरक्षामा खटिनेछु



चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ ।

फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

अशोक सिंह

हामीलाई दसैंमा विदा हुँदैन । सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ । दसैंतिहार विशेष सुरक्षा योजना लागु गरेका छौं । काठमाडौंको पचासौं लाख जनसंख्याको सुरक्षा, चाडपर्व मनाउन बाहिर जाने र अन्य यहाँको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयबाटै विदा नछोड्ने भन्ने निर्देशन आएको हुनाले हामी आफ्नो ड्युटी गर्ने, ड्युटी गर्दै रमाउने र मनाउने गरेका छौं । दसैंको बेला संगठन प्रमुखसँग टीका ग्रहण गर्न जान्छौं । मातहतमा रहेका वृत्त प्रमुखहरुसँग पनि टीका आदान प्रदान हुन्छ ।

म दसैंमा घर (धनगढी) जान नपाएको १५ वर्ष भयो । तर बीच बीचमा बुवालाई काठमाडौं (भैंसेपाटी) बोलाएर पनि टीका ग्रहण गरेको छु । बुवा ८४ वर्ष पुग्नुभयो । आमा पनि वृद्ध हुनुहुन्छ । म काठमाडौंजस्तो संवेदनशील ठाउँको इन्चार्जको जिम्मेवारीमा छु । आमाबुवालाई एकदमै मिस गरिन्छ । घरबाट पनि गुनासो हुन्छ । तर, चाडपर्वको बेला आफूले निर्वाह गर्नुपर्ने व्यवसायिक जिम्मेवारी छ ।

पहिलो प्राथमिकता हाम्रो जिम्मेवारी र कर्तव्य पालना हो । त्यसमा फोकस भएर यहीँ रमाएर दसैं मनाउने भन्ने छ । घरपरिवारलाई पनि कन्भिन्स गर्छौं । उहाँहरू पनि बुझ्नुहुन्छ । साथै प्रहरी कर्मचारीलाई पनि मोटिभ गर्नुपर्ने हुन्छ । मन खल्लो नहोस् भनेर ब्यारेकै मनाउँछौं । मासुभात खाने, अनि ड्युटी गर्ने हुन्छ । ड्युटीलाई प्रभाव नपर्नेगरी पालैपालो रोटेसनमा टीका लगाइदिने हुन्छ । हामी दसैं पनि मनाउँछौं, ड्युटी पनि गर्छौं । नागरिकले ढुक्कसँग दसैं मनाउन पाएभने हामीलाई सन्तोष हुन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।