English

गगन थापा: ‘मेरा लागि दसैँ फुर्सदको समय पनि हो’



सप्तमीको दिन पार्टीको कार्यक्रममै बित्यो । अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ । हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर, गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ । त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरुसँग मात्रै मनाउँछौं ।

राजनीतिक दौडधूपले परिवारलाई समय दिन नभ्याइरहेका बेला मेरा लागि त फुसर्दको समय पनि हो । तीन/चार दिन सबै कुरा छोडेर घर बस्ने, मन्दिर जाने,  बच्चाहरू, आमाबासँग पूर्ण समय वित्छ । अस्ति फुर्सद निकालेर केटाकेटीलाई लिएर कपडा किनेर आएँ । यसरी नै बित्छ । मैले शुभचिन्तकलाई टीका लाइदिने चलन छैन ।

मैले आमाबुवाबाट लाउँछु । मेरो बुवाआमासँग मेरा साथीहरु धेरै वर्षदेखि टीका लगाउनु हुन्छ परिवारजस्तै मानेर । उनीहरूसँग मेरो भेट हुन्छ । यसपालि घुमघामको योजना पनि छ । एकादशीपछि दुई दिन जतिलाई भए पनि कतै निस्किनुपर्छ भन्ने सोचेको छु । विजयादशमीको भोलिपल्ट घरमा बसेर दुई दिनलाई परिवारै उपत्यका बाहिर जाने योजना छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested