English

दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वर पीपल



विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१ असोजबाट खुलेको जानकारी दिँदै चलचित्र संघले दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए ।

चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त कार्यक्रममा चलचित्र महासंघका महासचिव अशोक शर्माले वितरक, प्रदर्शक तथा निर्माताहरूको छलफलबाट दुई साताको ग्याप राखेर तीन महिनासम्म फिल्म रिलिजको क्यालेन्डर सार्वजनिक गर्ने बताएका थिए । 

तर, यसको केही दिन नबित्दै विजयादशमीलाई लक्षित गर्दै २५ असोजबाट धन्दागिरी र २६ असोजमा डाँडाको वरपीपल प्रदर्शनमा आउने भएका छन् । यी दुई फिल्मको पोष्टर यतिबेला उपत्यकाको विभिन्न स्थानमा प्रचारप्रसारका लागि तासिएका छन् । कोरोनाभाइरसको दोस्रो महामारीपछि नेपाली फिल्मको पोष्टर देखिनु उत्साहको विषय भए पनि एकैपटक दुई फिल्म आउँदा व्यापारलाई असर गर्ने निश्चित छ । 

एक वितरकले नाम नखुलाउने सर्तमा भने- ‘वितरकहरूले नै कुरा नबुझ्दा क्यालेन्डर निस्किन समस्या भयो, अब फिल्महरू पनि नजुध्लान भन्न सकिँदैन ।’ डाँडाको वरपीपललाई शोभित बस्नेतले निर्देशन गरेका छन् । यसमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायतको अभिनय छ ।

धन्दागिरीमा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, धिरेन शाक्य, दिनेश डिसीलगायतको अभिनय छ । यसलाई एनवी अन्जानले निर्देशक गरेका हुन् । 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।