English

यस्तो छ दसैंको टीका, जमरा, दक्षिणा र आशिर्वादको महत्व



डा. गुरुप्रसाद सुवेदी, संस्कृतिविद्

दसैंलाई बडा दसैं, नवरात्री, दसहरा जस्ता विभिन्न नामले चिनिन्छ । यो चाड हिन्दु नेपालीहरुको विशेष र प्रमुख चाडको रुपमा मान्ने चलन रहिआएको छ । असोज महिनाको शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आरधना गरी दशौँ दिन प्रसाद स्वरुप टीका तथा जमरा मान्यजनको हातबाट लगाई आशिर्वाद लिने चलन छ ।
दसैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन् यिनीहरुको विशिष्ट अर्थ र महत्व पनि छ ।

दसैं किन मनाउने ?

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशौं दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दसैंलाई बडा दसैं एवम् विजयादशमीको नामले पुकारिन्छ । दसैंलाई असत्य माथि सत्यको विजयको रुपमा पनि हेरिन्छ ।
दसैंमा नवदुर्गाको नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पूजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गरिन्छ । दशौं दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टीका जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ ।

दसैंमा आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ ।आशिष भनेको शुभेच्छा हो ।

दसैंको आशिर्वाद

दसैंमा आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ ।
आशिष भनेको शुभेच्छा हो । सुभेक्छा शुभविचार ठुलाबडाले सानालाई दिनुपर्छ । ठुलाबडाले दिएको आर्शिवादले सानाले राम्रो कुरा सिकुन राम्रो बाटोमा हिड्ने प्रेरणा पाउन भन्ने पनि एउटा महत्व हो ।

दसैंको टिका

दसैंमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशिर्वाद लिन टिका थापिन्छ । यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टीका शान्ति एवं समृद्धिका प्रतीक हुन । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ ।

दसैंमा टीका लगाइदिएपछि जमरा लगाउने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशिर्वाद दिँदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । मन्त्र छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन । त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

जमरा

दसैंमा टीका लगाइदिएपछि जमरा लगाउने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशिर्वाद दिँदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । मन्त्र छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन । त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।
जमराको धार्मिक पक्ष देवीमा अर्पण गरेका कुराहरु आफूले स्वीकार गरेर देवीको शक्ति आफूमा निहित गर्ने उदेश्यले जमरा लगाइन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।
प्रशस्त औषधिय गुण पाइने हुनाले पनि अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ ।

दसैंको दक्षिणा

दसैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन; वा द्रब्य नै दक्षिणा हो । विजयादशमीको दिन आ–आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ । सुख, शान्ती, शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम विश्वास छ ।
दान दक्षिणा दसैंमा मात्र होइन अन्य समयमा पनि दिने गरिन्छ । दसैंमा विशेष गरी कन्याहरुलाई देवीको अवतारको रुपमा सम्मान गरेर दक्षिणा दिने प्रचलन छ ।
त्यसैले दसैं धार्मिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्व र मूल्य बोकेको पर्व हो । तर, पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर, यथार्थ विधि पद्धति अनुसार निष्ठावान तरिकाले मनाउनुपर्छ । किनकि साधना नगरी फल त्यसै पाइन्न ।

(संस्कृतिविद् डा. गुरुप्रसाद सुवेदीसँग गरिएको कुराकानीमा आधारित )

यो पनि पढ्नुहोस् :
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?



सम्बन्धित खबरहरु

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत