English

कोभिड खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध



कोभिड खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय  खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो । खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न क्लबले अनुमति नदिएपछि राष्ट्रपति समस्यामा परेका हुन् । 

‘मैले फुटबल हेर्न खोजे । त्यहीबेला उनीहरूले मलाई खोप लगाएको हो भनेर सोधे,’ बोल्सोनारोले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्र्दै भनेका छन् । ‘फुटबल हेर्न किन खोप लगाउनु पर्यो ?’ उनले प्रश्न गरेका छन् । 

बोल्सोनारोले अहिलेसम्म कोभिड खोप लगाउन मानेका छैनन् र अरुलाई पनि नलगाउन दुत्साहन गर्दै आएका छन् । कोभिड संक्रमणलाई उनले जहिले पनि हल्का ढंगले टिप्पणी गर्दै आएका छन् । आफ्नो शरीरमा पर्याप्त एन्टीबडी भएकोले खोप लगाउन आवश्यक नभएको उनले बताउँदै आएका छन् । 



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्