English

विवादमा तानिएका नोबेल शान्ति पुरस्कार



सन् १९०१ मा पहिलो पटक वितरण भएदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलको स्मरणमा ठूलो धनराशीको कोष खडा गरिएको थियो । यसयता बिभिन्न विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै विवादित हुने गरेको छ । प्रस्तुत छ अहिलेसम्म विवादमा तानिएका नोबेल शान्ति पुरस्कारः

हेनरी किसिन्जर

सन् १९७३ मा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर यो पुरस्कारबाट सम्मानित भएका थिए । विदेश नीतिमा विवादित घटनामा संलग्न भएका व्यक्तिलाई पुरस्कृत गरिएको भन्दै उनको अमेरिकामा नै विरोध भएको थियो ।

भियतनाम युद्धलाई विराम गराउन महत्वपूर्ण योगदान दिएको भन्दै उत्तर भियतनामी नेता ले डक थो र किसिन्जरलाई संयुक्त रुपमा पुरस्कार दिइएको थियो । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले त्यसलाई ‘नोबेल युद्ध पुरस्कार’ भनेर टिप्प्णी गरेको थियो ।

वाङगारी मादाई

केन्याकी दिवंगत अभियानकर्मी बाङगारी मादाईले सन् २००४ मा पाएको नोबेल पुरस्कार पनि बिबादमा तानिएको थियो । सो पुरस्कारले सम्मानित हुने उनी पहिलो अफ्रिकी महिला हुन् । तर, एचआईभी र एड्सका विषयमा दिएको प्रतिक्रियाका कारण उनी पनि विवादरहित बन्न सकिनन् । मादाईले एचआईभी भाइरस जैविक हतियारका रूपमा प्रयोगशालमा बनाइएको र त्यो अश्वेत मानिसलाई निर्मूल गर्न बनाइएको टिप्पणी गरेकी थिइन् ।

आबी अहमद

सन् २०२० को डिसेम्बरमा इथियोपियाका प्रधानमन्त्रीलाई प्रदान गरिएको पुरस्कार पनि विवादमा तानिएको थियो । इरिट्रियासँगको विवाद समाधान गर्न उनले चालेको कदमका लागि सो पुरस्कार दिइएको थियो । अहमदले देशको उत्तरी टिग्रे क्षेत्रमा फौज पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको थियो । टिग्रेमा भएको युद्धमा हजारौंको मृत्यु भएको थियो ।

आङ सान सू ची

बर्मेली नेत्री आङ सान सू चीले त्यहाँको जुन्ता शासनविरुद्ध अहिंसात्मक आन्दोलका लागि सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् । तर, २० वर्षपछि उनी सोही पुरस्कारका कारण अन्तर्राष्ट्रिय स्तरमा आलोचित बनिन् । पार्टी र आफू सरकारमा हुँदा अल्पसंख्यक मुस्लिम रोहिन्ज्याहको हत्या र गम्भिर मानवअधिकार उल्लंघनका घटनाविरुद्ध एक शब्द नबोलेको बरू सरकारको बचाउ गरेको सू चीमाथि आरोप लागेको छ । उनलाई दिइएको पुरस्कार खोस्नु पर्ने केहीले आवाज उठाएका छन् ।

यासेर अराफात

सन् १९९४ मा प्यालेस्टिनी पूर्व नेता यासेर अराफातलाई इजरेली प्रधानमन्त्री इत्ज्याक रविन र इजरेली विदेश मन्त्री सिमोन प्यारेससँगै नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको थियो । ओस्लो सम्झौताका लागि सो पुरस्कार दिइएको थियो । तर, अर्धसैनिक गतिविधिमा संलग्न अराफातलाई पुरस्कार दिइएको भन्दै नोबेल कमिटीको चर्को आलोचना भएको थियो । उनको नामको मनोनयनको विरोधमा नोबेल कमिटीका एक सदस्य ले राजीनामा नै दिएका थिए ।

बाराक ओबामा

सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदा उनी आफैलाई विश्वास लागेको थिएन् । सन् २०२० मा ओबामाले आफ्नो एउटा आत्मवृत्तान्तमा ‘केका लागि पुरस्कार?’ भनेर प्रतिकृया जनाएका छन् ।

अझ अनौठो त के भने उनी अमेरिकाको राष्ट्रपति बनेको नौ महिनामा नै उनले विश्वको प्रतिष्ठित पुरस्कार पाएका थिए । पुरस्कारका लागि मनोनयन दर्ताको समय उनले राष्ट्रपतिको शपथ लिएको १२ दिनमा सकिएको थियो । आफ्नो दुई वर्षे कार्यकालमा ओबामाले अफगानिस्तान, इराक र सिरियामा सेना तैनाथ गरी युद्ध निम्त्याएका थिए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।