English

दसैंले पनि रोक्न सकेन भारत जानेको लर्को



दसैँ, तिहार र छठजस्ता राष्ट्रिय महत्वका पर्वमा पनि यहाँका भारतीय सीमावर्ती नाकामा घर आउनेभन्दा काममा जानेको लर्को देखिँदो छ । जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीलगायत भारतीय सीमानाका हुँदै अहिले सयौँ युवा तथा किशोर कामका लागि भारतर्फ जाँदै देखिँदा छन् । अहिले दसैँ पर्व प्रारम्भ भइसकेको छ भने तिहार र छठलगत्तै अर्को पक्षको अन्त्यसँगै सुरु हुँदैछ ।

गत वर्ष २०७७ को प्रारम्भदेखि नै कोभिड–१९ महाव्याधि छल्न घर आएका युवा तथा किशोर अहिले आवतजावत अलि सहज भएपछि चाडपर्व नै नभनी कामका लागि भारत जाने क्रम देखिएको हो । महाव्याधि सन्त्रासले झण्डै डेढ वर्ष काम छाडेर घर बसेका युवा तथा किशोर अहिले चाडवाड पनि नभनी कामका लागि भारत जान लागेका हुन् ।

‘केही वर्ष पहिले हामी चाडवाडमा घर आउँथ्यौँ’, भारतको पञ्जाब जान सम्सी नाकामा भेटिएका जिल्लाको औरही नगरपालिकाको टिम्किया बस्तीका २५ वर्षीय परेग्वा सादा मुसहरले भने, ‘तर, यसपालि दसैँको मुखमा जानुपरेको छ ।’ कोभिड–१९ माहामारीले काम छाडेर घर फर्केयता जहान परिवार पालनमा समस्या बढेपछि चाडवाड पनि नभनी काममा फर्कनुपरेको परेग्वासहितका उनको टोलीमा रहेका युवाको भनाइ छ ।

जिल्लाका यी जाति समुदायका बस्तीमा अहिले दसैँको रौनक देखिँदैन । आमा, दिदीबहिनी र आफन्तले भारी मनले भारत जान बिदा दिइरहेका छन् । ‘पल्लो टोलका मालिक (मुसहरले कथित उपल्लो जात भनिने जाति समुदायका लागि मालिक सम्बोधन गर्छन्) को घरमा अब एक/दुई दिनभित्रै छोट्का मालिक (घरमुली मालिकको छोरा) आउने कुराको खुशी छ’, भङ्गाहा–४ कै रामनगर बस्तीको मुसहरीटोलकी ४० वर्षीया हेमनी सादाले भनिन् ‘हामी फगुवा (होली) पवनीमा खुशी हुने आश साँचेर अहिले छोरालाई पञ्जाव जान बिदा दिँदैछौँ ।’

यसरी अहिले भारततिर जाने लर्कोमा आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक अवसरबाट बञ्चित रहँदै आएका मुसहर, तत्मा, चमार, बाँतर र दुसाध जाति समुदायका किशोर तथा युवा बढी देखिएका छन् । पञ्जाव र हरियाणातिर कृषि कार्यका लागि तथा भारतका अन्य प्रान्तमा अन्य मजदुरी गर्न जानेमा १३ वर्ष उमेरदेखि ३० वर्ष उमेर समूहका बढी देखिन्छन् ।

घरमा अन्नपात र दुई/चार पैसोको जोहो भएमात्र चाडपर्व रमाइलो हुने भारततिर जान लागेका युवा तथा किशोरको आम भनाइ छ । ‘झण्डै दुई वर्ष हुनलाग्यो पञ्जावबाट फर्केको, यहाँ मनमाफिकको काम र पारिश्रमिक पाइँदैन’, दसैँको मुखमा आफुले गरेको पुरानो काममा भारतको हरियाणा जान हिंडेका भङ्गाहा नगरपालिका–४ पलार बस्तीका रामदयाल बाँतरले भने, ‘चाडवाडमा पेट बाँधेर यहाँ बस्नभन्दा काममा जानु ठिक ठानेर हिँडेका हौँ ।’ उता (भारत) गएर राम्रो काम भेटिए थोरबहुत कमाइ लिएर होली (फागुपर्व)मा घर आएर स–साना नानीसँग रमाउने धोको साँचेको बाँतरले भावविह्वल हुँदै बताए ।

जिल्लाका यी जाति समुदायका बस्तीमा अहिले दसैँको रौनक देखिँदैन । आमा, दिदीबहिनी र आफन्तले भारी मनले भारत जान बिदा दिइरहेका छन् । ‘पल्लो टोलका मालिक (मुसहरले कथित उपल्लो जात भनिने जाति समुदायका लागि मालिक सम्बोधन गर्छन्) को घरमा अब एक/दुई दिनभित्रै छोट्का मालिक (घरमुली मालिकको छोरा) आउने कुराको खुशी छ’, भङ्गाहा–४ कै रामनगर बस्तीको मुसहरीटोलकी ४० वर्षीया हेमनी सादाले भनिन् ‘हामी फगुवा (होली) पवनीमा खुशी हुने आश साँचेर अहिले छोरालाई पञ्जाव जान बिदा दिँदैछौँ ।’

जिल्लाका मुसहर, बाँतर समुदायको सघन बसोबास भएका धेरैजसो बस्तीमा अहिले हरियाणा, पञ्जाव जाने किशोर र युवा धमाधम निस्कँदै छन् । कतिपय बस्तीमा हिँड्ने तयारी देखिँदो छ । चाडपर्वका मुखमा छोरालाई बिदा गर्नुपर्दा मन भारी भए पनि यहाँ भोकै बस्नभन्दा काममा जान नै उचित हुने घरका अभिभावक बताउँछन् ।

खासमा कृषिकार्यमा पोख्त मानिने मुसहर समुदायका उमेरदारी युवाको भारत पलायनले यहाँ जनशक्तिकै अभावमा खेती चौपट भइरहेको किसान बताउँछन् । समयमा जन (मजदुर) नपाउँदा खेतबारी बाँझो बस्ने क्रम बढ्दै गएको बर्दिबास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहाको भनाइ छ । कृषिकार्यमा राज्यबाट भरथेग नपाउँदा किसानले मजदुरलाई राम्रो पारिश्रमिक दिन नसक्नु र यहाँको कमाइले गुजारा नचलेपछि भारत जानुपर्ने गरिबको वाध्यता बनेको कुशवाहा बताउँछन् ।

यो पनि पढ्नुहोस् :
भारतबाट नेपाल भित्रिने मानिसको लर्को अझै रोकिएन
दशैंको मुखमा पनि भारत जानेको लर्को उस्तै
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।