English

अभिनेत्री दीपिका प्रसाईंको नजरमा पढ्नै पर्ने ३ पुस्तक



चलचित्र ‘ऐश्वर्य’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईंले छोटो समयमै धेरै चर्चा पाएकी छिन् । उत्कृष्ट अभिनय तथा सुन्दर व्यक्तित्वकी धनी प्रसाईं फूर्सदको समय पुस्तक पढेर बिताउन रुचाउँछिन् । उसो त उनले थुप्रै उत्कृष्ट पुस्तकहरु पढिसकेकी छिन् । उनीजस्तै पुस्तकप्रेमीलाई फर्सदको समयमा पुस्तक पढेर समय बिताउने चाहना पनि हुन सक्छ । तिनै पुस्तकप्रेमीका लागि अभिनेत्री प्रसाईंको सिफारिसका पुस्तक यी हन् ः

पल्पसा क्याफे

नारायण वाग्लेद्वारा लिखित ‘पल्पसा क्याफे’ नेपाली साहित्यमा नयाँ आयाम बोकेको उपन्यास हो । यसमा तत्कालीन माओवादी जनयुद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आमसर्वसाधारणमा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषय समावेश गरिएको छ । वाग्लेको लेखनशैलीले पनि मलाई यो कृति मनपर्छ ।

द अल्केमिस्ट

पाउलो कोएलोको ‘द अल्केमिस्ट’ मैले पढेको पुस्तकहरु मध्ये मलाई एकदमै मन परेको पुस्तक हो । पाउलोको भाषा बुझ्न एकदमै सजिलो छ । यो पुस्तकलेसपना देख्न सिकाउँछ । पुस्तक पढ्दै जाँदा कतिबेला भावमा डुबिन्छ पत्तै हुँदैन ।

सेलिब्रेटिङ अफ फिमेल स्प्रीट

ओशोको ‘सेलिब्रेटिङ अफ फिमेल स्प्रीट’ पुस्तक पनि मलाई असाध्यै मन पर्छ । यो महिलाको स्वतन्त्रताको विषयमा लेखिएको पुस्तक हो । महिलाले गर्न हुने नहुने कामहरु देखि लिएर सबै कुरालाई यसमा समेटिएको छ । महिलाको लाइफस्टाइल र महिलाहरुले भोगेको हरेक कुरा यो पुस्तकमा अटाएको छ ।

यो पनि पढ्नुहोस् ।

गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।