English

८८ दिनपछि मन्त्रीपरिषद्ले पायो पूर्णता, को–को बने मन्त्री ?



प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ३ महिनापछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलाई समेट्दै देउवाले मन्त्री बनाएका हुन् । यसअघि नेपाली कांग्रेसबाट ३ मन्त्री, १ जना राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट २ जना मन्त्री बनेका थिए । जसमा कांग्रेसका तर्फबाट कानून मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका थिए । उनको जिम्मेवारी हेरफेर गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पठाइएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा. नारायण खड्का भने सोही जिम्मेवारीमा छन् । त्यस्तै, माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रीमा पम्फा भुसाल नियुक्त भएका थिए ।

आज नियुक्त भएका मन्त्रीहरुको सपथ साँझ गरिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

को के मन्त्री बने ?

राजेन्द्रप्रसाद श्रेष्ठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
बिरोध खतिवडा – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
डा. मीनेन्द्रप्रसाद रिजाल – रक्षा मन्त्रालय
उमाकान्त चौधरी – खानेपानी मन्त्रालय
रेनुकुमारी यादव – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
प्रेमबहादुर आले – संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय
दिलेन्द्रप्रसाद बडू – कानून न्याय तथा संसदीय मामिला मन्त्रालय
देवेन्द्र पौडेल – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
महिन्द्र राय यादव – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
उमा रेग्मी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
शशी श्रेष्ठ – भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
रामकुमारी झाक्री – सहरी विकास मन्त्रालय
गजेन्द्रकुमार हमाल – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
रामसहाय प्रसाद यादव – वन तथा वातावरण मन्त्रालय
कृष्णकुमार श्रेष्ठ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
महेश्वरजंग गहतराज – युवा तथा खेलकुद मन्त्रालय
भवानीप्रसाद खापुङ – राज्यमन्त्री (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)
बोधमायाकुमारी यादव – राज्यमन्त्री (शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।