English

आज घटस्थापना– यसरी राख्नुहोस् जमरा, यस्तो छ जमराको महत्व ?



आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा बिजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

जमरा राख्ने यसको आफ्नै खास विधि, मन्त्र रहेको छ । दशैंका लागि जमरा राख्दा जौको बिउ अनिवार्य राख्नु पर्ने हुन्छ । यसका बाहेक आफ्नो संस्कृति अनुसार धान, माकै, गहुँको बिउ पनि प्रयोग गर्न सकिन्छ । जमराको राख्ने स्थानमा कलशमा दियो बालेर पूजा गरिन्छ । जुन दियोमा विभिन्न देवीहरुको नाम लिएर पूजाआजा गरिन्छ । यसरी राखिएको जमरामा दिनदिनै जल अर्पण गरी पूजा गरिन्छ ।

यसरी उमारिएको जमरा दशमीका दिन टीका लगाउँदा जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेकोे जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशिर्वाद दिँदै राखिन्छ । जमरामा प्राकृतिक विभिन्न गुण हुने र यसका साथै नौ दिन पूजा गरिएकाले यो नौदेवीको पूजाको प्रसादको रुपमा पनि प्रयोग गरिन्छ । जमराको रंग पहेलो हुन्छ, पहेलो रंग शक्ति र शान्तिको प्रतिक मानिन्छ ।

कसरी राख्ने जमरा

– जमरा उमार्नका लागि शुद्ध र अध्यारो ठाउँको बनाउनुहोस् ।
– जौ, गहुँ, धान, माकैको बिउ लिनुहोस् ।
– सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् ।
– अब कुनै गमला वा टपरीमा थोरै माटो राख्नुहोस् ।
– टपरी वा गमलामा तपाईँले छनौट गर्नु भएको बिउ राख्नुहोस् ।
– टपारी वा गमलालाई अध्याँरो कोठामा राख्नुहोस् ।
– हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

(विष्णुप्रसाद पोखरेलसँग गरिएको कुराकानीमा आधारित, उनी वेद विद्याश्रमका प्राचार्य हुन्)



सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested