English

यस्ता छन् अमला खानुको फाइदा



अमला स्वस्थकर फल हो । यो खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउँछ, दिमाग तेजिलो बनाउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ ।
आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने गरिन्छ । अमला त्रिफलामध्येको एक फल हो । यसको सेवनले हुने अन्य फाइदा यस्ता छन् :

– दैनिक अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।
– अमलाको सेवनले शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।
– यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।
– अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।
– अमलाको सेवनले नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।
– अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।
– अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले शरीरलाई ऊर्जावान राख्न सहयोग गर्दछ । यसले कमजोरीबाट पनि टाढा राख्छ ।



सम्बन्धित खबरहरु

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

काठमाडौं, नेपाल: प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ का आयोजक ग्लोकल प्रा.लि. ले यस वर्षका ग्लोकल २० अन्डर २० भनी पहिचान

Latest










Popular
Suggested