English

चाडपर्व सुरु भएसँगै दैनिक ६ समूहबाट बजार अनुगमन



बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन सुरु गरेको छ । चाडपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारित कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र दिएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्यार्द) मा केन्द्रित भएर बजार अनुगमलाई तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार चाडपर्व सुरु भएसँगै दैनिक ६ समूहबाट बजार अनुगमन भइरहेको छ । “हाम्रो काम नै बजार अनुगमन हो । हामी निरन्तर अनुगमनमै हुन्छौँ । चाडपर्व सुरु हुनुभन्दा अगाडि दैनिक दुई-तीन समूहबाट अनुगमन हुने गरेकामा हामीले बढाएर दैनिक छ समूहलाई बजारमा पठाउने गरेका छौँ”, उनले भने, “अन्य समयको तुलनामा चाडपर्व नजिकिएसँगै ४० प्रतिशत कारोबार हुने हुँदा अनुगमन बढाएका हौँ ।”

उनले उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु बिक्री वितरण गर्न सक्ने भन्दै चनाखो हुन आग्रह गरे । “उपभोक्ता ठगिनबाट बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौँ । हामीसँगै आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ”, उनले भने ।

मूल्य वृद्धि

पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी सङ्घको तथ्याङ्कअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेका हो । पछिल्ला केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने जनाइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्तमात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने जनाएका हुन् ।

उनले सरकारी कम्पनी र निजी व्यवसायीले दिएको तथ्याङ्कअनुसार पर्याप्त मौज्दात रहेको भन्दै अभाव नहुने बताएका थिए । चाडपर्व सुरु भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधबार सरकारले पौडेलको सरुवा गरेपनि उनको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । बुधबार सरुवाको निर्णय भएपनि आइतबारसम्म पौडेल विभागमै थिए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।