English

यातायात व्यवसायीको हड्तालले मर्कामा यात्रु



धुम्बाराहीका दिपक राई सोमबार बिहान अस्पताल जान गाडी कुरिरहेका थिए । विरेन्द्र अस्पताल छाउनी जाने गाडी पर्खिएको लगभग ४५ मिनेट बितिसकेको थियो । यद्यपि, गाडी आएन । उनी निकै तनावमा देखिन्थे । अस्पतालमा बहिनीलाई १२ बजेभित्र अप्रेशन कक्षमा लैजाने भएकाले उनी छिट्टै पुग्ने गरी घरबाट निस्किएका थिए । यद्यपि, यातायात व्यवसायीको हडतालका कारण गाडी सडकमै थन्किए ।

त्यसै चक्रपथमा लगभग १ घन्टा देखि गाडी कुरेर बसेकी निर्मला दुलालको पनि त्यही गुनासो छ । १० बजे अफिस पुग्नको लागि ९ बजे देखि उनी गाडी कुरेर बसेकी थिइन् । तर, हडतालको कारण समयमा अफिस पुग्न नसकेपछि उनी तनावमा थिइन् । ‘गाडीको भाडा बढाउने भनेर यातायात व्यवसायीले त हडताल गरे,’ उनी भन्छिन्, ‘तर, हामी सर्वसाधारणले दुःख पायाँै ।’

यी माथिका दुई प्रतिनिधि पात्र मात्र हुन । यातायात व्यवसायीले गरेको हड्तालका कारण विशेषगरी रिङ रोडमा चल्ने सार्वजनिक सवारी साधन ठप्प छन् । जसको प्रत्यक्ष मारमा यात्रुहरु परेका छन् । छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्नुपर्ने माग गर्दै यातायात व्यवसायीहरुले हड्ताल गरेका हुन् ।



नेपाल सरकारले २०७८ साल असार २९ गते अन्तरप्रदेशीय भाडा समायोजन गर्यो तर प्रदेश भित्रको भाडा समायोजन नभएको कारणले आज हड्ताल गरेको सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिनाले जानकारी दिए । ‘जसरी केन्द्रिय सरकारले भाडा समायोजन गर्यो त्यसरी नै प्रदेश सरकारले पनि भाडा समायोजन गर्नु पर्छ,’ तिमिल्सिना भन्छन्, ‘३९.५ प्रतिशतका दरले भाडा समायोजन भएको खण्डमा मात्र हाम्रो अपरेटिभ खर्च उठ्छ नत्र नउठ्ने भएकाले हामीले बाध्यता बस गाडी चलाउन छोड्नु परेको हो ।’

यातायातको भाडा घटबढ हुनका लागि दुईवटा कुराले असर गर्छ पहिलो ६५ प्रतिशतले भाडा वृद्धि गर्ने सुचकाङ्क मध्ये १२ वटा सुचाङ्कहरु पर्छन् । अर्को बारम्बार वृद्धि भएको पेट्रोलियम पदार्थको मुल्यले पनि सार्वजनिक यातायातको भाडामा प्रभाव पार्ने तिमल्सिना बताउँछन् । सरकारले २०६५ सालमा भाडा समायोजन नीति तय गरेको थियो ।

त्यो नीतिलाई सरकारले १० वर्षदेखि पछ्याउन सकेन । गाडीको च्याचिसको भाडा, इसुरेन्सको खर्च, ब्याज ,सवारी चालकहरुको तलब र अन्य प्राय सबै कुराको मुल्य बढेको छ । त्यसैले यी सबै कुरालाई मध्यनजर गर्दै भाडा समायोजन गर्नु पर्छ भन्ने यातायात व्यवसायीको माग रहेको उनले बताए । ‘हामीले हाम्रो सवारीसाधनहरु बाटोमा छोडेका छौँ उठाएर लैजाने स्थिति छैन,’ उनले भने, ‘यात्रुलाई दुःख दिने हाम्रो मनसाय हैन । यात्रु, व्यवसायी र मजदुर सबैको संरक्षण गर्ने दायित्व सरकारको हो ।’

यातायात व्यवसायीले सेवा मात्र दिन नसक्ने उनी सुनाउँछन् । ‘हाम्रो लगानी पनि उठ्नु पर्यो र जनतालाई सेवा गर्ने मौका पनि मिल्नु पर्यो,’ उनले भने ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested