English

कोरोना संक्रमितको आईसियु र भेन्टिलेटरमा गरिने उपचारमा के छ भिन्नता ?



डा. राजु पंगेनी, छाती रोग विशेषज्ञ

गम्भीर अवस्थामा भएका बिरामीको जीवनरक्षाका लागि महत्वपूर्ण मानिने सघन उपचारसम्बन्धी संरचनालाई आईसियु भनिन्छ । अहिले कोरोना महामारीको समयमा विशेषगरी कोरोना बिरामीहरुको लागि आईसीयू (सघन उपचार कक्ष) निकै महत्वपूर्ण हुन्छ । त्यसैले आईसीयू र भेन्टिलेटरमा कस्तो उपचार हुन्छ र यी दुईमा के फरक छ भन्ने कुरा धेरैलाई चासो हुनसक्छ ।

एकदमै सिकिस्त बिरामीहरु जसलाई नियमित रुपमा अनुगमन गर्नु पर्ने हुन्छ ती बिरामीहरुलाई मात्र वार्डबाट आईसीयुमा राखिन्छ । होस् नभएको, अक्सिजनको मात्रा एकदमै कम भएकोे बिरामीलाई नै आईसियुमा राखिन्छ ।

आईसियुमा राखेर उपचार गर्दा पनि बिरामीको अवस्थामा सुधार आएन भने वा अक्सिजनको लेभल क्रमश घट्दै गायो भने त्यो बेलामा बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । भेन्टिलेटरमा राखेर गरिने उपचार पनि आईसियुकै उपचार पद्धति अन्तर्गत नै पर्छ ।

कोरोनाको बिरामीहरू धेरैमा निमोनिया भएर प्रायः फोक्सो बिग्रिएको हुन्छ । त्यस्ता बिरामीलाई पहिले नर्मल वार्डमा राखेर नाकबाट थोरै अक्सिजन दिइन्छ । त्यसले पुगेन भने अक्सिजन बढाउँदै–बढाउँदै लगिन्छ ।

२४ सै घन्टा बिरामीको निगरानी गर्ने मुटुको चाल, ब्लडप्रेसर, होसको अवस्था र सुगरको अवस्था के कस्तो छ यी सबै कुराहरुको निगरानी आईसीयूमा जाने बित्तिकै हुन्छ । त्यस्तै भेन्टिलेटरमा भएका बिरामीहरुलाई आईसीयूको भन्दा झन् धेरै केयर चाहिन्छ । भेन्टिलेटरमा राख्दा मुखबाट पाइप छिराईएको हुन्छ । त्यसैले त्यता बिरामीहरुलाई अझै धेरै निगरानी चाहिन्छ । फोक्सोको अवस्था के छ ? निमोनियामा सुधार आएको छ कि छैन ? भेन्टिलेटरले राम्ररी काम गरेको छ कि छैन जस्ता कुराहरु झन् थपिन्छन् ।

सिकिस्त बिरामीहरुलाई मात्र आईसीयुमा राखिन्छ तर, सबै सिकिस्त बिरामीहरुलाई भेन्टिलेटरमा राख्नुपर्छ भन्ने होइन । फोक्सोको समस्या भएर अक्सिजनको मात्रा लो भएर अन्य उपायबाट अक्सिजन दिन सकिएन भने या बिरामीलाई अक्सिजन पुगेन भने त्यो अवस्थामा मात्र भेन्टिलेटरमा राखिन्छ ।

पहिले अन्य माध्यमबाट अक्सिजन दिइन्छ । अन्य उपायबाट अक्सिजन दिँदा पनि अक्सिजन पुगेन भने मात्र भेन्टिलेटरमा राखिन्छ । भेन्टिलेटरमा राखेर गरिने उपचार आईसियु भित्रै पर्छ । भेन्टिलेटर चाहिने बिरामीलाई छुट्टै ठाउँमा राख्ने र आईसीयूको बिरामीलाई छुट्टै ठाउँमा राखेर उपचार गरिने भने होइन ।

कोरोनाको बिरामीहरू धेरैमा निमोनिया भएर प्रायः फोक्सो बिग्रिएको हुन्छ । त्यस्ता बिरामीलाई पहिले नर्मल वार्डमा राखेर नाकबाट थोरै अक्सिजन दिइन्छ । त्यसले पुगेन भने अक्सिजन बढाउँदै–बढाउँदै लगिन्छ ।

कसैलाई ५ लिटर चाहिन्छ, कसैलाई १० लिटर त कसैलाई १५ लिटर चाहिएला । त्यति अक्सिजनले पुगेन भने बिरामीलाई आईसीयूमा सारिन्छ । आईसीयूमा राखेपछि बिरामीलाई हाई फ्लो भन्ने विधिबाट ६० लिटरसम्म अक्सिजन दिइन्छ । हाई फ्लो अक्सिजन प्रविधिबाट अक्सिजन दिँदा पनि अक्सिजन पुर्याउन सकिएन भने भेन्टिलेटरमा राखिन्छ । त्यस्ता बिरामीलाई भेन्टिलेटरमा राखेपछि एकदमै धेरै केयर चाहिन्छ । त्यसैले यी दुवै उपचार पद्धति एक अर्र्कासँग सम्बन्धित छन् ।



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली