भनिन्छ, हजार शब्दले वर्णन गर्न नसकेको कुरा एउटा तस्बिरले बोल्छ । विश्वमा दिनहुँ विभिन्न घटना घट्छन् । ति केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।
२५. अमेरिकाको टेक्ससमा फर्सीले बनाएको घर ।२४. इजिप्टको पिरामिडमा पर्यटकलाई अकर्षित गर्न सजाएको पिरामिडको बेलुकीको दृश्य ।२३. स्वीडेनमा कोरोना महामारीका कारणले भएको लकडाउन खुलेपछि उत्सव मनाउँदै ।२२. भारतको हैदराबादमा दुर्गा पुजाका लागि मुर्ति बनाउँदै कालिगर ।२१. दक्षिण कोरियाली सैनिकहरु प्यारासुटद्वारा पोहानको समुन्द्र तटमा उत्रदै ।२०. ‘एबोर्सन डे’ मा कोलम्बियामा ‘कानूनी र सुरक्षित गर्भपतन’ गर्न पाउँ भन्दै प्रर्दशनमा सहभागि एक महिला ।१९. भारतको कलकत्तामा भारी वर्षाका कारणले डुबान सडकमा मोटरसाइकल यात्रु । १८. स्वीजरल्याण्डका एक समलिंगी जोडी ।१७. थाइल्याण्डमा आएको बाढीका कारण घर डुबानमा परेपछि एक स्थानीय झोलुङ्गोमा बस्दै ।१६. अर्जेन्टिनास्थित ‘फ्युचर ग्लोबल क्लाइमेट स्ट्राइक’ मा तेलमा भिजेर ‘हाइड्रो कार्बन कानून’ को विरोध गर्दै ।१४. विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पदयात्रा गर्दै ।१५. क्युडा अक्वान कौलिया राज्य, मेक्सिकोमा हाइटी आप्रबासी महिलाले आफ्नो बच्चालाई चुम्बन गर्दै ।१३. अफगनिस्तानको कान्डहार सहरमा महिला र पुरुष मोटरसाइलमा यात्रा गर्दै ।१२. हाइटीका आप्रवासीहरु मेक्सिको र अमेरिकाको सिमास्थित ‘रियो ग्रान्डी’ नदी पार गर्दै ।११. तनहुँको व्यास नगरपालिका–५ चुँदेरका महिला सालको पातबाट दुना टपरी गाँस्दै । आधुनिकतासँगै आजभोलि दुना टपरी लोप हुँदै गइरहेको छ ।१०. विश्व मुटु दिवसमा घोराहीको तुलसीपुर चोकमा स्वास्थ्य स्वयंमसेविका आफ्नो बच्चालाई स्तनपान गराउँदै । बच्चलाई स्तनपान गराउने कक्षको अभावले गर्दा महिलाहरु खुला ठाउँमा स्तनपान गराउनु पर्ने बाध्यता छ ।९. भीमदत्त नगरपालिकाका किसानको माछा पोखरीमा पसेको गोहीको उद्धार गरी सुरक्षित स्थानमा लैजाँदै डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी ।८. मुक्त हलिया पुनःस्थापनाका लागि पाँच वर्ष पहिले डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा निर्माण गरिएका बस्तीमा मुक्त हलिया नबस्दा जीर्ण बन्दै गरेका घर । ७. पन्ध्र वर्षअघि ताप्लेजुङको कञ्नचजंघा संरक्षण क्षेत्रस्थित घुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्युवरण गरेका तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ विशिष्ट संरक्षणकर्मीको सम्झनामा ताप्लेजुङको भिन्तुना डाँडामा राखिएका सालिक ।६. रुपन्देहीको छपियामा २६ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनी प्यालेस रिसोर्ट । युवा उद्यमी अर्जुन भुसालले सञ्चालन गरेको पोखरीको बीचमा सुविधा सम्पन्न ‘पोन्डस भिल्ला’ भएको ३०० करोड रुपैयाँ लागतमा निर्मित यो रिसोर्टमा अर्गानिक परिकार पाइन्छ ।५. सप्तरीको विष्णुपुर गाउँपालिका–६ का महिला जितिया पर्वका अवसरमा बुधबार जिमुतवाहन भगवानको पूजा गर्न जाँदै ।४. धादिङको नीलकण्ठ नगरपालिका वडा नं–६मा रहेको भैरव मन्दिर परिसरवाट देखिएको मनास्लु हिमाल ।३. भक्तपुर कुमाले टोलमा नजिकिँदै गरेको दशैंको लागि माटोको कलश बनाउँदै कुमाले । घटस्थापनाको लागि खोलाबाट चोखो पानी ल्याउन माटोको कलश प्रयोग गरिन्छ ।२. बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो बञ्जी पुल । ‘द क्लिफ नेपाल प्रालि’ले सञ्चालनमा ल्याएको उक्त पुलमा साहसिक खेल बञ्जीका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।१. तमिलनाडु राज्यको पम्बनद्धीपको दक्षिण पूर्वी भागको दृश्य ।
आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले
एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो । यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ। गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ। गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ। नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।