English

अञ्जलीका फ्यान – अँगालो हालेर रुनेदेखि डराएर काम्नेसम्म



नेपाली सांगीतिक क्षेत्रकी चर्चित मोडल हुन्– अञ्जली अधिकारी । ‘बोल माया’ ‘गलबन्दी’ ‘बनकी चरी’ जस्ता गीतको भिडियोबाट थप चर्चामा आएकी अधिकारीको फ्यान फलोइङ असाध्यै राम्रो छ । तिनै फ्यानलाई उनी यसरी सम्झन्छिन् :

अङ्गालो हालेर रुने ति आमा

एउटा कार्यक्रमको लागि केही वर्ष अघि बेल्जियम गएको थिएँ । त्यतिबेला बोल माया गीत चर्चामा थियो । कार्यक्रम सिध्याएर केही समय बाँकी रह्यो । त्यसैले घुम्न निस्किएको थिएँ । बाटोमा एकजना वृद्धा आमासँग मेरो भेट भयो । उहाँ मेरो नजिक आउनुभयो र मलाई अङ्गालो हालेर रुन थाल्नु भयो । मलाई तिमी साह्रै मन पर्छ भन्दै डाँको छोडेर रुन थाल्नुभयो । उहाँले भर्खरै ‘बोल माया’ गीत हेर्नु भएको रहेछ । मैले आमालाई नरुन आग्रह गरेँ उहाँ रोएको देखेर म पनि भाबुक भएको थिएँ ।

म नजिक जाँदा काम्ने फ्यान

कतै कार्यक्रममा जाँदा फोटो खिच्न र बोल्न नजिक आउने फ्यानहरु धेरै हुन्छन् । ति मध्ये केही फ्यानहरु अनौठा हुन्छन् । काठमाडौँमै एउटा कार्यक्रममा एकजना फ्यानसँग मेरो भेट भयो । उहाँ मेरो नजिक उभिरहनु भएको थियो । म तिर हेर्दै कामिरहनुभएको थियो । बोल्न पनि खोज्दै हुनुहुन्थो तर, डराएर बोल्न सक्नुभएन । उहाँ पनि मलाई अलि अनौठो नै लागेको थियो ।

मेरो सानो–सानो कुराको पनि ख्याल राख्ने फ्यान

एकजना फ्यान हुनुहुन्छ उहाँलाई मेरो बर्थडे, म बिरामी भएको, मेरो नयाँ म्यजिक भिडियो रिलिज भएको देखि लिएर प्रायः सबै कुरा थाहा हुन्छ । कसरी थाहा पाउनुहुन्छ होला भनेर म आफैँ अचम्ममा पर्छु । मेरो बर्थडेको दिन पनि उहाँले ठ्याक्कै १२ बजे शुभकामना दिनुभएको थियो । म बिरामी भएको बेला पनि टेक केयर भनेर म्यासेज गर्नु हुन्छ । यस्तो माया गर्ने फ्यान देख्दा खुशी लाग्छ ।

सुटिङमा गिफ्ट लिएर भेट्न आउने फ्यान

एउटा म्युजिक भिडियोको सुटिङ्गको क्रममा एकजना फ्यान मलाई भेट्न आउनु भएको थियो । टेकमा व्यस्त भएको कारण मैले लगभग १ घन्टा उहाँलाई भेट्न भ्याइन । टेक सकाएर हेर्दा एक घन्टासम्म पनि उहाँ मलाई भेट्नको लागि कुरेर बस्नु भएको रहेछ । म उहाँलाई भेट्न गएँ । उहाँको हातमा एउटा गिफ्ट थियो । त्यो गिफ्ट मलाई दिदैँ उहाँले भन्नुभयो म तपाईको ठूलो फ्यान होनी । मेरो फोटोहरु फ्रेम गरेर उहाँले मलाई गिफ्ट दिनु भएको रहेछ । जुन फ्रेमलाई मैले सजाएर राखेकी छु ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।