English

बिहान उठ्ने बित्तिकै भुलेर पनि नखानुस् यस्ता खानेकुरा



स्वस्थ रहन हामीले धेरै प्रयत्न गरिरहेका हुन्छौँ । जसका लागि व्यायाम गर्छौं, सन्तुलित भोजन खाने कोशिस गर्छौं । तर, कुन खानेकुरा कतिबेला खाने भन्ने जानकारी नहुँदा यसले शरीरमा प्रतिकुल असर गरिरहेको हुन्छ । अझै, खाली पेटमा सुरुमा के खाने भन्ने कुराको जानकारी नहुँदा धेरै मानिसको स्वास्थ्य अवस्था बिग्रन्छ । त्यसैले यहाँ खाली पेटमा खान नहुने खानेकुराका बारेमा चर्चा गरिएको छ :

मसालेदार चिल्लो पिरो भोजन

जतिसुकै भोक लागोस् तर, खाली पेटमा चिल्लो पिरो र मसालेदार खाना खानु हुँदैन । यसमा हुने प्राकृतिक अम्लले पेटको पाचन क्षमता बिगार्छ । यसले पेट दुख्ने समस्या बढाउँछ ।

लेमन सोडा

लेमन सोडा भन्दा राम्रो सफ्ट पेय पदार्थ अरु छैन । यसमा चिनी पनि राख्नुपर्दैन । सोडा, पानी, कागती र बरफलाई मिलाएर एक रिफ्रेशिंग पेय पदार्थ बन्दछ । यसमा पोटासियम र इलेक्ट्रोलाइट पनि मिलेको हुन्छ । तर, यसमा उच्च मात्रामा कार्बोनेट एसिड पनि हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । यसलाई खाली पेटमा पिउँदा भने यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

केरा

खाली पेटमा केरा खाँदा शरीरमा म्याग्नेसियमको मात्रा अत्यधिक बढ्दछ । यसले शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा असन्तुलित बनाउँछ । यसर्थ, खाली पेटमा केरा खाँदा ग्यास्ट्रिक एसिडको समस्या बढ्दछ र यसबाट पेटमा गहिरो दुःखाई हुनसक्छ ।

गोलभेँडा

गोलभेँडामा अत्यधिक मात्रामा एसिड हुन्छ । यदि यसलाई खाली पेटमा खायो भने यसले प्रतिक्रिया गर्दछ र पेटमा अघुलनशील जेलको निर्माण हुन्छ, जसले गर्दा पेटमा पत्थर बन्दछ किनकी गोलभेँडा भिटामीन ए, सी, के, फोलेट र पोटासियमको राम्रो स्रोत हो ।

कफी र चिया

खाली पेटमा कफीको सेवन बिष पिएजस्तो हुनसक्छ । किनकी यसमा कैफिन हुन्छ, जसले खाली पेटमा पर्दा ठूलै समस्या निम्त्याउन सक्छ । जसरी कफी पिउनु राम्रो हुँदैन, त्यसरी नै खाली पेटमा चिया पनि नपिउनुहोस् । किनकी चियामा उच्च मात्रामा एसिड हुन्छ । जसले पेटमा पीडा हुनसक्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।