English

शिक्षाविद् डा. विद्यानाथ भन्छन् – ‘आर्थिक अभावले साइन्स पढ्न पाइनँ’



सिन्धुलीको दुम्जास्थित कुशेश्वर माध्यमिक विद्यापिठबाट २०२४ सालमा एसएलसी दिएँ । त्यतिबेला एसएलसी दिनु भनेको चानचुने कुरा थिएन । त्यो बेला पास र फेलको कुरा हुन्थ्यो । तर, म एसएलसी उत्तिर्ण हुन्छु भन्ने ढुक्क थिएँ । त्यसैले परीक्षा दिने बित्तिकै आफैं पढेको स्कुलमै अध्यापन सुरु गरेँ ।

हाम्रो पालामा अहिलेको जस्तो सूचना प्रविधिको विकास भएको थिएन । त्यसैले एसएलसीको नतिजा कहिले भयो भन्ने थाहा पाउनै मुस्किल हुन्थ्यो । अर्को कुरा नतिजा थाहा पाउने एकमात्र माध्यम पत्रपत्रिका थियो । त्यसैले नतिजा हेर्नै हप्ता दिन कुर्नुपथ्र्यो । मेरो चाहिँ विद्यालयका प्रधानाध्यापकले नतिजा हेरिदिनुभएछ । उहाँले दोस्रो श्रेणीमा एसएलसी उत्तिर्ण भएको खबर दिँदा मेरो भुइँमा खुट्टै थिएन । साथै, गाउँभरी मैले एसएलसी पास गरेको कुराले चर्चा पायो ।

कलेज पढ्दा अलि लजालु थिएँ । ‘लाजको पुरी’ नै भन्छु । के गर्ने, कसो गर्ने मनमा एकदम दुबिधा हुन्थ्यो । गाउँबाट आएको र आर्थिक स्थिति कमजोर भएर पनि होला, मलाई यहाँका मान्छेहरुसँग घुलमिल हुन अप्ठ्यारो महसुस हुन्थ्यो । कलेजमा कमिज, सुरुवाल र कपडाको जुत्ता लगाएर जान्थें ।

एसएलसीको नतिजा आउने बेलासम्म स्कुलमा पढाएको पैसाले एसएलसी दिँदा लागेको ऋण तिरें । बाँकी रहेको ८० रुपैयाँ लिएर क्याम्पस पढ्न काठमाडौं आएँ । त्यतिबेला सिन्धुलीबाट १२ घण्टा पैदल हिँडेर काठमाडौँ आएको थिएँ । त्यो समयमा ८० रुपैयाँ अहिलेको लगभग तीन चार हजार रुपैयाँ जस्तो थियो । पढ्न मन त विज्ञान विषयमा थियो । तर, आर्थिक समस्याका कारणले त्यो विषय पढ्न सकिन । केही दिन त कहाँ र के विषय पढ्ने भन्ने छटपटी भयो । सँस्कृत विषय निःशुल्क पढ्न पाइन्छ भन्ने समयमै थाहा नहुँदा छुट्यो ।

शिक्षाशास्त्र पढ्नका लागि गाउँकै विनोदचन्द्र कोइरालाले मलाई सहयोग गर्नुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत, शिक्षाशास्त्र अध्ययन संस्थान अर्थात शिक्षा संकाय, किर्तिपुरमा आईएड (प्लसटु) मा भर्ना भएँ । आईएड र बिएड दुई÷दुई वर्षको कोर्स थियो । यी तहको अध्ययन किर्तिपुरबाट नै गरें । मेरो कलेज दिउँसोको थियो । गाउँको नातेदार डिल्लीबजारमा बस्नुहुन्थ्यो । उहाँको बहिनीहरुलाई पढाए बापत बस्न र खानाको सुविधा थियो ।

कलेज पढ्दा अलि लजालु थिएँ । ‘लाजको पुरी’ नै भन्छु । के गर्ने, कसो गर्ने मनमा एकदम दुबिधा हुन्थ्यो । गाउँबाट आएको र आर्थिक स्थिति कमजोर भएर पनि होला, मलाई यहाँका मान्छेहरुसँग घुलमिल हुन अप्ठ्यारो महसुस हुन्थ्यो । कलेजमा कमिज, सुरुवाल र कपडाको जुत्ता लगाएर जान्थें । साथीहरु खाजा खान्थे तर, कलेजमा मेरो खाजा खाने स्थिती थिएन । जसले कता–कता मन दुख्थ्यो । तर, साथीहरु एकदम मिल्ने र रमाइला थिए । डा.मन वाग्ले, डा.बासुदेव काफ्ले लगायतका साथीहरुले निकै सहयोग गर्नुभयो ।

कलेजमा मेरो ध्यान पढाईमै केन्द्रीत हुन्थ्यो । तर, कोही–कोही साथीहरु माया प्रेममा पनि पर्थे । त्यसैले शिक्षाको क्याम्पसलाई ‘लभ क्याम्पस’ भन्थे । माया प्रेम गर्न क्याम्पस जानेहरु त्यतिबेला पनि थिए । मलाई चाहिँ कुनै केटीसँग लभ गर्न आफूसँग पैसा हुनुपर्छ भन्ने लाग्थ्यो । किनकी लभ गरेपछि केटीले घुम्न खोज्ने, खाना खोज्ने होला भन्ने सोच्थें । र, त्यो मेरो हैसियत मसँग थिएन जसकारणले लभ गर्ने चाहनै भएन ।

क्याम्पसमा किताब किन्न नसकेर पुस्तकालयमै गएर नोट बनाएर पढ्थें । ‘यस्ता नोट पढेर पास भइन्छ ?’ भनेर मेरी श्रीमतीले प्रश्न गर्थिन् । नभन्दै राम्रो अंक ल्याएर २०२७ सालमा आईएड र २०२९ मा बिएड पास गरें । एमएड पढ्दा पहिलो वर्ष पढ्दै गर्दा घरायासी समस्याका कारण म गाउँ फर्कनुपर्यो । त्यसपछि आफैंले पढेको विद्यालयमा प्रधानाध्यापक भएर काम गरें । तीन वर्षपछि २०३६ सालमा मात्रै उत्कृष्ट श्रेणीमा त्रिविबाट नै एमएड गरें ।

आइएड पढ्दा धेरैजसो पढाईमै केन्द्रीत भएँ । तर, बिएड पढ्दा राजनीतिमा पनि सक्रिय हुन थालेँ । साथीहरुसँग केही बिषयमा बहस हुन्थ्यो । आइएडमा कम्युनिष्टका साहित्यहरु पढेकाले राजनीतिसम्बन्धी धेरै जानकार थिएँ । तर म नन्कम्युनिष्ट भएँ । ननकम्युनिष्ट विचार लिएर राजनितिमा लागें । पछि–पछि राजनीति गर्न पनि पैसा नभए नसकिदो रहेछ भन्ने सिकाई भयो ।

क्याम्पसमा किताब किन्न नसकेर पुस्तकालयमै गएर नोट बनाएर पढ्थें । ‘यस्ता नोट पढेर पास भइन्छ ?’ भनेर मेरी श्रीमतीले प्रश्न गर्थिन् । नभन्दै राम्रो अंक ल्याएर २०२७ सालमा आईएड र २०२९ मा बिएड पास गरें । एमएड पढ्दा पहिलो वर्ष पढ्दै गर्दा घरायासी समस्याका कारण म गाउँ फर्कनुपर्यो । त्यसपछि आफैंले पढेको विद्यालयमा प्रधानाध्यापक भएर काम गरें । तीन वर्षपछि २०३६ सालमा मात्रै उत्कृष्ट श्रेणीमा त्रिविबाट नै एमएड गरें ।

यो कोर्स पनि दुई वर्षको नै थियो । एक वर्ष सैद्धान्तिक पढाई र एक वर्ष राष्ट्रिय विकास सेवा थियो । सेवाका लागि मनाङको टोचेमा एक वर्ष बसें । त्यहाँबाट अध्ययनकै लागि कृषि, निर्माण, स्कुलमा शिक्षण लगायतका कामहरु गरें । मनाङमा गुरुङ सांस्कृति सिक्ने मौका पनि पाएँ । गुरुङ जातिमा ‘केटी छेक्ने’ चलन रहेछ । हामीसँगैका साथीले ४ कक्षामा पढ्ने नानीलाई सर्ट खोलेर छेक्नु भयो र ती नानी रुन थलिन । पछि किन रोएको भनेर बुझ्दै जाँदा केटाले छेकेको केटीले जहाँ भन्यो त्यही जानु पर्ने र मन मिले शारीरिक सम्बन्ध पनि हुने रहेछ भन्ने थाहा पाइयो । त्यो पनि मेरो लागि एकदम नयाँ र अनौठौ सिकाई भयो । एमएडपछि डेढ वर्ष बुटवल बहुमुखी क्याम्पसमा पढाएँ ।

यो सँगै युनिर्भसिटी अफ अल्बर्टा क्यानडाबाट पिएचडी गरें । ‘इन्टरनेसनल इन्टर कल्चरल एजुकेसन’ क्षेत्र भित्रको ‘दलित एजुकेसन’ को बारेमा गोरखास्थित बुंगकोटमा अनुसन्धान गरें । यहीक्रममा २०५२ सालमा पीएचडी सिध्याएको थिएँ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन