English

बैतडीमा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै



पछिल्लो समय बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा ७७७, २०७६÷७७ मा ५८१ र २०७७÷७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ । जिल्लामा आव २०७५÷७६ मा २४, आव २०७६÷७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, “परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्छन्, ।”

परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, “परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्छन्, ।”

यसका साथै कोरोना कहरका कारणले गर्दा पनि कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएको हुनसक्ने बताइएको छ । तराईतिर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएकाले पनि सुरक्षितरुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको छ । जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

यस्तै जिल्लामा नौवटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । तीन वर्ष अगाडि जिल्लाका २४ सूचीकृत संस्थाबाट सेवा प्रवाह भइरहेकामा अहिले नौवटा संस्थाबाट सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल, सिद्धेश्वर स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्यकेन्द्र, विशालपुर स्वास्थयचौकी, शर्माली स्वास्थ्यचौकी, हाट स्वास्थ्यचौकी, रिम स्वास्थ्यचौकी, कोटपेटरा स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको हो । तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको हो । सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहँुदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ ।

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको छ । जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । हाल सेवा बन्द रहेका १५ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested