English

यस्ता हुन्छन् रेबिजका लक्षण, कसरी बच्ने ?



रेबिज बौलाहा पशुको टोकाईबाट मानव र अन्य स्तनधारी प्राणीमा सर्ने अति नै डरलाग्दो प्राणघातक रोग हो । यो एक जिनोटिक रोग हो अर्थात्, पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने गर्दछ । स्तनधारी सबै पशुहरुमा यो रोग लाग्न सक्ने र अरुलाई सार्न सक्ने भएतापनि मुख्यतया कुकुरको टोकाईबाट यो रोग लाग्नेहरुको संख्या धेरै छ ।

नेपालमा सरकारले रेविज रोगविरुद्ध लाखौं खर्च गरेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । तर सरकारले लाखौ खर्च गरेपनि रेबिजका बिरामीहरुको संख्यामा भने कमी आएको छैन । नेपालमा वर्षेनी औसतमा १२ जनाको रेबिजकै कारण मृत्यु हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यद्यपि, यो तथ्यांकभन्दा धेरै व्यक्तिहरुको रेबिजका कारण मृत्यु हुने गरेको पुनको दाबी छ । ‘केही वर्षको तथ्यांकहरु हेर्दा कुनै वर्षमा ३० जनासम्मको पनि यो रोगबाट मृत्यु भएको छ,’ उनी भन्छन्, ‘यो त हामीले थाहा पाएका तथ्यांक मात्र भयो, धेरै जना त लक्षणहरु देखिएर पनि त्यस्को बेवास्ता गरेर थाहा नै नभई रेबिजकै कारण मृत्यु भएको अनुमान गर्न सकिन्छ ।’

के हो रेबिज कसरी सर्छ ?

रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ । र, छालामुनीको भित्री तन्तु र मांशपेशी हुँदै स्नायु, मेरुदण्ड र मस्तिष्कसम्म पुग्छ । मस्तिष्कमा संक्रमण भएपछि मात्र विशेष लक्षणहरु देखिन्छन् । यस्ता संंक्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ ।

लक्षण

– ज्वरो आउने
– घाउ भएको स्थानमा दुख्ने
– झम्झमाउने, पोले जस्तो हुने
– ढाड दुख्ने
– भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने
– पानीदेखि डराउने
– हावाको चालबाट तर्सिने

उपचार

– रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने ।
– जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।