English

यस्तो छ अभिनेत्री सरिता लामिछानेको फिटनेस राज



स्वस्थ रहन र आकर्षक शरीर बनाउनका लागि कतिपय मानिसहरु जिमखाना तथा व्यायामस्थल पुग्छ । अझ कलाकारहरु त्यतातिर धेरै दौडिएको देखिन्छ । तर, मुक्ति टेलिचलचत्रिबाट अभिनय यात्रा गरेकी अभिनेत्री सरिता लामिछानेको फिटनेस राज अन्य कलाकारको भन्दा भिन्दै छ । लामो समयअघि मुक्तिमा उनलाई जस्तो देखिन्थ्यो अहिले पनि उनको जीउडाल उस्तै छ ।

अन्य कलाकार जस्तो उनी फिट रहनको लागि जिम जाँदिनन् । सकारात्मक सोच नै आफ्नो सुन्दरताको राज रहेको उनी सुनाउँछिन् । ‘मुस्कान मेरो मूख्य गहना हो,’ उनी भन्छिन्, ‘भगवानले जे दिनुभयो त्यसमै सन्तुष्ट छु र आफूलाई धेरै माया गर्छु ।’

अभिनेत्री लामिछाने बिहान ६ बजेभित्र उठिसक्छिन् भने बेलुका १० बजेसम्म सुतिसक्छिन् । बिहान उठेपछि उनी टन्न पानी पिउँछिन् त्यसपछि आधादेखि १ घन्टा हिँड्छिन् । साथै, तनावलाई व्यवस्थापन गर्छिन् । कुनै कुराले तनाव दियो भने त्यसको समाधान तर्फ लाग्छिन् । सकारात्मक सोच्छिन् । जसले जीवनमा अघि बढ्न धेरै मद्धत गरेको उनी सुनाउँछिन् । ‘म सधैँ सकारात्मक सोच राख्छु, तनाव कहिल्यै लिँदिन तनाव लिएर केही हुँदैन भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘त्यो कुरा मेरो अनुहारमा झल्किन्छ ।’

खानपान

सुन्दर बन्न र फिट रहन उनले त्यस्तो विशेष केही गरेकी छैनन् । तर, स्वस्थ रहन भने धेरै गरेकी छिन् । खानेकुरामा चिल्लो, पिरो र अमिलो निकै कम खान्छिन् । ‘खानपानमा म सौखिन छैन, चिल्लो पिरो खानु पर्छ भन्ने लाग्दैन,’ उनी भन्छिन्, ‘स्वादको लागि भन्दा पनि स्वस्थ्यको लागि खानु पर्छ भन्ने मेरो धारणा छ ।’

उनी प्रोटिन र फाइबर भएको खाना बढी मात्रामा खान्छिन् । हरियो सागपात र फलफूल प्रसस्त मात्रामा खान्छिन् भने माछामासु त्यति आशक्ति नरहेको उनी सुनाउँछिन् । ‘सोमबार र बिहिबार त झन् माछामासु खाँदै खाँदिन,’ उनी भन्छिन्, ‘ग्याष्टिक नहोस् भनेर बिहान मनतातो पानीसँग एक चम्चा ज्वानोको धुलो खाने गरेको छु ।’ उनी बासी खाना कहिल्यै खाँदिनन् । साथै, फ्रिजको खाना पनि उनलाई मन पर्दैन ।

दैनिकी

बिहान ६ बजे उठेर नुहाएर पुजापाठ सकाएर सुरुमा कागती पानी पिउँछिन् । त्यसको १० मिनेटपछि एक चम्चा ज्वानोको धुलो खाएर घरको काम गर्छिन् । साथै, आधादेखि १ घन्टा हिँड्छिन् । त्यसपछि दुध कर्नफ्लेक्स वा सातु खान्छिन् । २÷३ घन्टाको अन्तराल अर्थान् १०ः३० देखि ११ बजे भित्र बिहानको खाना खाईसक्छिन् । ‘दिउँसको समयमा सुटिङ्गमा व्यस्त भइन्छ त्यसैले सुटिङ्गमा जे उपलब्ध हुन्छ त्यही खान्छु भोको पेट बस्दिन,’ उनी भन्छिन्, ‘केही घन्टाको अन्तरालमा फलफूल खान्छु । बेलुका हल्का खानेकुरा खाएर सुत्छु ।’

व्यायाम

फिटनेसका लागि अहिलेसम्म जिमखाना नगएको उनी सुनाउँछिन् । ‘फिट रहन त्यति धेरै मेहेनत गर्दिनँ,’ उनी भन्छिन्, ‘बिहान उठेर हल्का प्राणायमहरु गर्छु ।’ व्यायाम गर्नु पर्छ भन्ने सोच चाँही छ त्यसैले २० मिनेट जति ट्रेडमिलमा हिड्ने गरेको उनी सुनाउँछिन् ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।