काफ्ले भन्छन्– ‘साथी सोचेको केटीले प्रेम प्रस्ताव राखेपछि बोल्नै छोडिदिएँ’
काठमाडौँको कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयबाट २०६७ सालमा एसएलसी दिएँ । त्यतिबेलाको एसएलसीलाई आइरन गेटको संज्ञा दिइन्थ्यो । त्यसैले धेरै मेहनत गर्नुपथ्र्यो । परिणामस्वरुप प्रथम श्रेणीमै एसएलसी उत्तिर्ण गरेँ ।
त्यतिबेला एसएलसीको परीक्षा आएदेखि रिजल्ट सार्वजनिक हुने बेलासम्म छुट्टै चर्चा हुन्थ्यो । अझै सरकारी विद्यालयबाट पहिलो श्रेणीमा पास हुनु त्यो समयमा एकदमै राम्रो मानिन्थ्यो । मैले एसएलसी दिएको वर्षमा मेरो स्कुल पास प्रतिशत राम्रो थियो । त्यसैले पनि शिक्षकहरुले २०६७ सालमा एसएलसी दिएको ब्याचलाई सम्झिरहनुहुन्छ ।
प्लसटु कोटेश्वरस्थित हिमालय कलेजको व्यवस्थापन विषयमा अध्ययन गरेँ । एसएलसीको नातिजा राम्रो आएपछि घरपरिवार र आफन्तले विज्ञान विषय पढ्न सल्लाह दिनुभएको थियो । तर मलाई सानैदेखि सैन्द्धातिक विषय भन्दा आफ्नै शैलीमा लेख्न मिल्ने विषयहरु मन पथ्र्यो । खासमा मलाई मानविकी पढ्न मन थियो, तर समाजमा ‘मानविकि त के पढ्नु’ भन्ने मानासिकता भएकाले म पनि त्योबाट अछुतो रहन सकिन ।
कलेजमा साथीहरुसंँग धेरै नै रमाइलो हुन्थ्यो । तर, योजना बनाएर घुम्न जाने, कलेज बंक गर्ने कहिल्यै गरिएन । म जेहेन्दार विद्यार्थीमा पर्थेँ । आफ्नो कक्षाकोठमा मात्रै बस्ने र पढ्ने गर्थें । प्लसटुमा पढ्दासम्म दुई वर्ष कलेज पढ्ने र घर आउने मात्र गरियो ।
कलेजमा साथीहरुसंँग धेरै नै रमाइलो हुन्थ्यो । तर, योजना बनाएर घुम्न जाने, कलेज बंक गर्ने कहिल्यै गरिएन । म जेहेन्दार विद्यार्थीमा पर्थेँ । आफ्नो कक्षाकोठमा मात्रै बस्ने र पढ्ने गर्थें । प्लसटुमा पढ्दासम्म दुई वर्ष कलेज पढ्ने र घर आउने मात्र गरियो ।
टिन एज भएर होला कलेज पढ्दा चन्चले थिएँ । मेरो कलेजका केटी साथीहरु राम्रा–राम्रा थिए । त्यो बेला केटीहरुको सानो–सानो व्यवहार मन पथ्र्यो । हप्ता दिनसम्म एउटी राम्री लाग्ने । अर्को हप्ता अर्की तर सानो कुराले नै मनपर्न छोड्थ्यो । जस्तै होमवर्क नगरे पनि मन पर्दैनथ्यो । कक्षामा तीन–चार जना केटीहरु खुब राम्री लाग्थ्यो । तर, यस्ता कुराहरु क्षणिक मात्र भएर गहिरो प्रेममा परिएन र प्रेम प्रस्ताब पनि राखिन ।
प्लसटु पढ्दा २ जनाले मलाई प्रेम प्रस्ताव राखेका थिए, तर मैलै वास्तै गरिन । उनीहरुले आफै बुझिहाले । एक जनाले अप्रत्यक्ष रुपले प्रस्ताब राख्नु भएको थियो, म अलि–अलि गफगाफ गर्थें । तर, मलाई माया गरेको थाहा पाएपछि बोल्न छोडें ।
मलाई विद्यालय तहदेखि नै सांगीतिक क्षेत्रमा रुचि बढिसकेको थियो । तर, म गीत गाउँछु भनेर कलेजको सुरवाती चरणमा कसैलाई थाहा थिएन । पछिपछि साथीहरुले थाहा पाए र विदाई कार्यक्रममा गीत जबरजस्त गाउन लगाए । त्यसपछि कलेजका सबै जनालाई थाहा भयो ।
कलेजले प्रोजेक्ट वर्कका लागि विभिन्न ठाउँमा भ्रमण लगिर हन्थ्यो । प्राय जान्थेँ तर, एकदिन के कारणले सहभागि हुन सकिन पछि साथीहरुको फोटो हेर्दा नरमाइलो लागेको थियो । ठुलै कुरा छुट्यो जस्तो महसुश भएको थियो ।
मलाई विद्यालय तहदेखि नै सांगीतिक क्षेत्रमा रुचि बढिसकेको थियो । तर, म गीत गाउँछु भनेर कलेजको सुरवाती चरणमा कसैलाई थाहा थिएन । पछिपछि साथीहरुले थाहा पाए र विदाई कार्यक्रममा गीत जबरजस्त गाउन लगाए । त्यसपछि कलेजका सबै जनालाई थाहा भयो ।
बीबीएस अध्ययनका लागि मिनभवनस्थित एनसीसी (नेपाल कमर्श क्याम्पस) मा भर्ना भएँ । सुरुको ६ महिना नियमित कलेज गएँ । त्यसपछि इमेज च्यानलमा काम गर्न थले । र निययमित पढ्न पाइएन । स्नातक तहमा परीक्षालाई केन्द्रित गरी ट्युसन कक्षाहरु लिन्थें । साथसाथै कलेजका साथी आदित्य खतिवडा र अमृत सापकोटाले मलाई पढ्नका लागि धेरै सहयोग गर्नु भएको थियो । यसरी मेलै चार वर्षको बिबिएस कोर्स सकाएँ । त्यसपछि औपचारिक शिक्षा भन्दा पनि सांगीतिक माहोलले तान्दै लग्यो ।
यो पनि पढ्नुहोस् ।
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन
सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे
कक्रोज भन्छन्– चिया पसलमा काम गर्दै कलेज पढें
‘बुबाआमा सरी ! डाक्टर बनाउने तपाईंहरुको सपना पुरा गर्न सकिन’
केकी भन्छिन्– ‘श्री ५ अम्बरेको सुटिङ सकेर परीक्षा दिन गएको कहिल्यै भुल्दिनँ’