English

बञ्चरेडाँडामा तत्काल फोहोर व्यवस्थापन नहुने



काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहोर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ ।

यसअघि फोहोर व्यवस्थापन स्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल उक्त स्थानमा फोहर व्यवस्थापनको कम सुरु नगर्ने जनाएको छ । यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र महानगरले फोहोर व्यवस्थापन कहिलेबाट गर्नेबारे यकिन नहुँदा दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको काम अझै अन्योल भएको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन।

विभागले गत भदौको तेस्रो साता सो सेल निर्माणको काम सम्पन्न भएको भन्दै औपचारिक जानकारी गराउँदै फोहोर व्यवस्थापन गर्न सक्ने बताएको थियो । महानगरले भने निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

सहरी विकास मन्त्रालयले आफूसँग सम्बन्ध रहेको सेल निर्माणको काम एउटा सकिएको र अर्को सेल पनि जतिसक्दो छिटो पूरा गर्ने तयारी रहेको भन्दै अन्य काममा आफ्नो जिम्मेवारी नरहेको जनाएको छ । दुई हप्ताअघि नै पहिलो सेल निर्माणको काम सम्पन्न गरी जानकारी गराएर फोहर व्यवस्थापन गर्न सक्ने बताए पनि व्वस्थापनको काम सुरु गर्ने भनेर महानगरलगायत उपत्यकाका १७ वटै स्थानीय तहबाट जानकारी नआएको विभागका महानिर्देशक नवराज प्याकुरेलको भनाइ छ।

उनले भने, “हामीले गर्ने काम सकेका छौँ, स्थानीयसँगको समन्वय र अन्य व्यवस्थापनको काम मिलाउने जिम्मा स्थानीय तहकै हो, त्यसैले अब फोहर व्यवस्थापन किन हुन सकेन भन्नेमा हाम्रो दोष छैन, विभागको काम अब सक्दो छिटो दास्रो सेल निर्माण सक्ने हो ।” विभागका अनुसार नियमितरूपमा काम गर्न पाए आगामी छ महिनाभित्र दोस्रो सेल र सोही स्थानमा कर्मचारी व्यवस्थापन गर्ने भवन निर्माणको कामसमेत पूरा हुनेछ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन।

सिसडोलमा विसं २०६२ मा दुई वर्षका लागि मात्र फोहोर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

बञ्चरेडाँडा पहिलो सेल निर्माणको काम पूरा नभएको र सिसडोलमा पुनः फोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कामपासहित अरु स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको जनाइएको छ । समन्वयबिना फोहरका गाडी बञ्चरेडाँडा जाँदा स्थानीयवासीले अवरोध गर्ने भन्दै स्थानीयवासी र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरूपमा फोहर व्यवस्थानपमा काम गर्नुपर्ने कामपाको भनाइ छ ।

गत भदौ १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाका स्थानीय तहको फोहोर भदौ तेस्रो साताबाट उठ्न थालेको थियो । यसरी वर्षमा समय–समयमा फोहर नउठ्ने समस्या हरेक वर्ष नै उपत्यकाबासीले भोग्दै आएका छन् । सिसडोलमा विसं २०६२ मा दुई वर्षका लागि मात्र फोहोर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लग्ने गरिएको छ ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण भइरहेको हो । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।