English

नियमित तुलसीको सेवनले यस्ता रोगबाट बचाउँछ



तुलसी धार्मिक दृष्टिले निकै महत्वपूर्ण वनस्पती हो । प्राचिन समयदेखि नै हाम्रा पुर्खाहरुले तुलसीलाई भगवानको रुपमा पूजा गर्ने चलन छ । धार्मिक साथै वैज्ञानिक महत्व रहेको तुलसीले धेरै अक्सिजन फ्याँक्ने हुँदा घरको पुर्व पट्टि तुलसीको मोठ बनाउनु उत्तम मानिन्छ ।

तुलसी जतिबेला पनि पाइने एक जडिबुटी पनि हो । तुलसीको पात, डाँढ, फूल, जरा सबै अति महत्वपूर्ण घरेलु औषधि हो । तुलसीको पात मात्र नियमित चपाएर खाने गरेमा हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँदछ ।

तुलसीमा कयौँ औषधिय गुण हुन्छन् । दिनहुँ तुलसीको सेवन गरेमा विभिन्न रोगहरु बाट बच्न सकिन्छ । तुलसीमा ‘एन्टीअक्सिडेन्ट’ नामक तत्व पाइने र यसले शरीरभित्र खानपान र प्रदूषणबाट उत्पन्न विकारलाई नष्ट पार्छ । तुलसीको सेवनले हाम्रो शरीरमा कस्ता–कस्ता फाइदाहरु पुग्छन् भन्ने विषयमा आयुर्वेदिक चिकित्सक डा.प्रकाश ज्ञवालीको सुझाव यस्तो छ :

झाडापखाला

झाडापखाला लागेको बेलामा तुलसीको पातको सेवन उपयोगी हुन सक्छ । ८/१० वटा तुलसीपात र एक चौथाई भाग जाइफल पिनेर खानाले यो समस्या कम हुन्छ ।

आउँ, शुल परेमा

आउँ, शुल परेको बेलामा पनि तुलसीको सेवन गर्न सकिन्छ । १०÷१२ तुलसीको पातलाई मिश्रीसँग पिनेर एक हप्तासम्म खानाले आउँ निको हुन्छ ।

ज्वरो आएमा

ज्वरो आएको बेला तुलसीको पात खानु पर्छ । तुलसीको पातले ज्वरोलाई कम गर्छ टाइफाइड भएमा पनि तुलसीको पातको रस मरिचको साथमा पिउने गर्दा अतिनै फाइदा हुन्छ ।

पायल्स भएमा

पायल्सका बिरामका लागि पनि तुलसी एकदमै उपयोगी औषधि हुन सक्छ । तुलसीको १०÷१२ वटा पात चपाएर पानीले निल्ने र पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धारको घाउमा लगाउनाले पायल्सको समस्या कम हुँदै जान्छ ।

घाउ भएमा

घाउ खटिरामा पनि तुलसीले राम्रो काम गर्छ । घाउ भएको ठाउँमा पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान÷बेलुका लेप लगाउनाले घाउ छिटो निको हुन्छ ।

घाँटी बसेमा

घाँटी दुख्ने समस्याको लागि पनि तुलसी निकै उपयोगी हुन्छ । घाँटी बसेर तथा दुखेर बोल्नै नसक्ने भएको छ भने १०÷१२ पात तुलसी ४÷५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्नाले यो समस्या कम हुन्छ ।

खोकी लागेमा

यदि नियमित खोकी लागि रहन्छ भने तुलसीको पात सेवन गर्दा ठिक गर्दछ । कफ जम्ने समस्या,घाँटी दुख्ने, घाँटी खस–खस हुने समस्यालाई नियमित तुलसीको पात खाँदा ठिक हुन्छ । तुलसीले कफ निकाल्न सहयोग गर्दछ । तुलसीको चिया बनाएर पनि नियमित पिउन सक्नु हुनेछ ।

चिसो लागेमा

तुलसीको पात, मरिच र मिस्री पानीमा राम्ररी पकाएर बनाइएको काँढा पिउँदा फाइदा हुन्छ । यसले चिसोका कारण हुने छातीको दुखाई र कफ घटाउँछ । नियमित तुलसी सेवन गरे हत्तपत्त चिसो लाग्दैन ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्