English

नृत्य र संगीतमा रुचि हुनेहरु कहाँ पढ्न जाने ?



संगीत, नृत्य तथा आर्टमा रुचि भएकाहरुले कुन कलेज पढ्ने ? कुन विषय रोज्ने ? के पढेमा सजिलै जागिर पाउन सकिन्छ ? यस्तै अनेक प्रश्नले घेरियर तपाई पनि दोधारमा पर्नुभएको हुनसक्छ । नेपालमा निकै कम मात्र विद्यालय छन् जहाँ फाइन आट्र्स अध्ययन अध्यापन गराइन्छ । त्यसैमध्येको एक सिर्जना कलेज अफ फाइन आर्टस् काठमाण्डौं उपत्यकामा यससम्बन्धी विषय पढ्न चाहने विद्यार्थीहरुका लागि राम्रो विकल्प हुनसक्छ ।

सिर्जना कलेजका अध्यक्ष मदन चित्रकार फाइन आर्ट अन्यजस्तै महत्वपूर्ण विषय हो । जसरी देशका लागि डाक्टर, पाइलट, इन्जिनियर, वकिलहरू आवश्यक हुन्छ त्यसैगरी कलाकार पनि चाहिन्छ । कलाको क्षेत्र व्यापक छ । आर्ट लाई व्यक्तिगत रुचिसँग जोड्ने गरिएपनि यो समाजको आवाज भएको उनले बताए ।
फाइन आर्ट विषयको महत्व दर्शाउँदै उनले भने ‘कम्पनीको डिजाइन होस् या व्यापारिक प्रोडक्टको विज्ञापन, ट्याटुमा बनाउने चित्रहरू होस् वा इन्टेरियर डिजाइन, फेसन होस् वा टेक्सटाइल डिजाइन हरेक क्षेत्रका लागि फाइन आर्ट जरुरी छ ।

अन्य विषय पढ्नेहरू बेरोजगार हुनु परेपनि फाइन आर्ट्सका विद्यार्थीहरुले यस्तो परिस्थिती भोग्नु नपर्ने उनको दाबी थियो । स्कुलहरूमा आर्ट र डान्स टिचरको अत्यन्तै माग छ । विज्ञापन एजेन्सी, पब्लिकेसन्स, कार्टुनको क्षेत्रमा पनि फाइन आर्ट पढ्नेहरूले काम पाउने गरेका छन्

अन्य विषय पढ्नेहरू बेरोजगार हुनु परेपनि फाइन आर्ट्सका विद्यार्थीहरुले यस्तो परिस्थिती भोग्नु नपर्ने उनको दाबी थियो । स्कुलहरूमा आर्ट र डान्स टिचरको अत्यन्तै माग छ । विज्ञापन एजेन्सी, पब्लिकेसन्स, कार्टुनको क्षेत्रमा पनि फाइन आर्ट पढ्नेहरूले काम पाउने गरेका छन् । नेपालमा बनाइने चित्र र मूर्तिहरूको विदेशमा समेत अत्यन्तै माग भएको बताउँदै उनले यसले नेपाली कलाकारका सिर्जना संसारभर पु¥याउन मद्दत मिलेको बताए । सिर्जना कलेजमा संगीत तथा नृत्य पढेका थुप्रैले स्टुडियो खोलेर बसेको जनाउँदै चित्रकारले यस विषयलाई अझै प्रथमिकता दिने हो भने भविष्य राम्रो रहेको बताए ।

पिंगलास्थान गौशालामा रहेको नेपाल संगीत विद्यालय पनि यससम्बन्धी अध्ययन गर्न चाहनेहरुका लागि अर्को विकल्प हुनसक्छ । विद्यालयका प्रशासकिय अधिकृत सुदर्शन पोखरेलले प्लस टुका लागि संगीतमा नयाँ भर्ना खुलेको छ जानकारी दिए ।
पहिले ९ देखि १२ सम्म संगीतको प्राविधिक धारको पढाइ हुन्थ्यो । तर त्यसो गर्दा अभिभावकहरु हिच्किचाउने र विद्यार्थी पनि ९–१० सम्म सबै विषय पढेर ११–१२ मा अन्य विषय छनोट गर्न इच्छाउँने कारण यस वर्ष देखि ११– १२ मा मात्र संगीत पढाउन थालिएको छ ।

२०६३ सालमा स्थापना भएको यस विद्यालयमा संगीत सिकेर आफ्नो करियरलाई यसै तर्फ अघि बढाएका थुप्रै विद्यार्थीहरु छन् । ती मध्ये गायक हेमन्त राना र गायिका मौसमी गुरुङले पनि उक्त सेन्टरमा संगीत सिकेका थिए । यहाँ विभिन्न वाद्यवादन, संगीत र नृत्यको पढाई हुन्छ । यी तिनै विषय एक अर्काका परिपूरक हुन् ।

२०६३ सालमा स्थापना भएको यस विद्यालयमा संगीत सिकेर आफ्नो करियरलाई यसै तर्फ अघि बढाएका थुप्रै विद्यार्थीहरु छन् । ती मध्ये गायक हेमन्त राना र गायिका मौसमी गुरुङले पनि उक्त सेन्टरमा संगीत सिकेका थिए । यहाँ विभिन्न वाद्यवादन, संगीत र नृत्यको पढाई हुन्छ । यी तिनै विषय एक अर्काका परिपूरक हुन् ।
यस विषयलाई स्कुलको पाठ्यक्रममा पनि समाबेस गर्ने तयारी भईरहेको ललितकला क्याम्पसका प्रमुख डा.रमेश पोखरेलले बताए । उनी भन्छन् ‘यस विषय पढाई हुने विद्यालय तथा कलेजहरु एकदमै कम छन् । उपत्यका बाहिर यो विषय झनै कम ठाउँमा पुगेको छ ।’
सरकारले हाम्रो कला संस्कृतिलाई जोगाउन यो विषयको पढाईलाई अझै विस्तार गर्नु पर्छ । यसतर्फ सरकारको ध्यान जान सकेन भने अहिले भएका विद्यालय र कलेजहरु पनि लोप हुने सम्भावना रहेको पोखरेल बताउँछन् ।

यो पनि पढ्नुहोस् :
स्मार्टफोन खरिद गर्न यी ७ कुरामा ध्यान दिनुहोस्
ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ ?
सुपथ मुल्यका पसल चाडबाडमा मात्र लक्षित किन ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।