English

दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



दसैं र तिहार नेपालमा मनाइने प्रमुख चाडपर्व मध्यमा पर्छ । यस पर्वका बेला घरमा नयाँ सामाग्री जोड्दा शुभ मानिने जनविश्वास छ । यही मौका छोपेर व्यवसायीहरुले ग्राहक लोभ्याउन विभिन्न आकर्षक अफरहरु ल्याउने गरेका छन् । सवारी साधन खरिदमा विभिन्न छुट, उपहार लगायतका सेवासुविधा प्रदान गर्नुका उद्देश्य ग्राहकलाई आकर्षित गर्नु हो । सोहीक्रममा यो वर्ष चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा के–कस्ता अफर छन् ? सबैको चासोको विषय हुन सक्छ ।

चार पाङ्ग्रे सवारी साधनका दसैं अफर:

हुन्डाई फेस्टिभ डिलाइट २०७८
हुन्डाई कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ सार्वजनिक गरेको छ । यस अफरबाट खरिदकर्ताले सवारी साधन किनेमा नगद छुट, बम्पर उपहार पाउने छन् । जसमा ३ लाख नगद फिर्ता , अधिकतम एक लाख रुपैयाँसम्म अतिरिक्त छुट र १ वर्षसम्म सडक दस्तुर र बीमा पाउने कम्पनीले जनाएको छ । यसैगरी एक जनाले बम्पर उपहारमा हुन्डाईको आई २० कार पाउने छन् ।

डाट्सनको फेस्टिभ हट डिल
डाट्सन कम्पनीले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले २ लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष सुविधा ल्याएको छ । जसमा १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९ सय ९९ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै १ वर्षको बीमा, सवारी कर, ३ वर्ष वारेन्टीका साथै सर्भिसिङमा छुट हुनेछ ।

निसान फेस्टिभ ड्राईभ
निसानले ‘निसान फेस्टिभ ड्राईभ’ दसैं अफर ल्याएको छ । यस अन्र्तगत ३ लाख ५२ हजार २ सय ७१ रुपैयाँ रकमको योजना छ । जसमा साढे दुई लाख नगद डिस्काउन्टका साथै १ बर्षसम्म सडक दस्तुर र बीमा छुट रहेको छ । ३ बर्षसम्म सर्भिसिङ र वारेन्टी छुट दिने समेत कम्पनीले जनाएको छ ।

प्रोटोनको दसैं–दक्षिणा
प्रोेटोन कम्पनीले ‘प्रोटोन दसैं–दक्षिणा, अरुले दिएपनि नदिएपनि प्रोटोनले दिन्छ दक्षिणा’ अफर ल्याएको छ । जसमा ६ लाखसम्मको अफर योजना रहेको छ । ५० हजारदेखि २ लाख रुपैयाँ एक्सचेञ्ज बोनस, ५० हजारदेखि साढे दुई लाख नगद छुट, बीमाका साथै विभिन्न सामानको अफर ग्राहकलाई प्रदान गर्ने जनाइएको छ ।

सुजुकी महोत्सव २०७८
सुजुकी कम्पनीले ‘सुजुकी महोत्सव २०७८’ सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना अनुसार २ लाख रुपैयाँसम्म नगद छुटसँगै २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस दिने जनाएको छ । यस्तै कम्पनीले १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेञ्ज अफरका साथै स्क्र्याच कार्डमा ७५ हजार रुपैयाँसम्मको उपहार दिने घोषणा गरेको छ ।

टाटाको दसैं अफर
टाटा मोटर्स कम्पनीले ‘यसपालीको दसैं तिहार टाटाका सेफेस्ट कार्स हर्षमय परिवार’ अपर सार्वजनिक गरेको छ । जस अन्र्तगत २ लाख नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ वर्ष निशुल्क सडक कर र ३ वर्ष वारेन्टी दिने जनाएको छ ।

दुई पाङ्ग्रेमा यस्तो छ दसैं अफर:

यामाहाको मोटरसाइकलमा सुन उपहार
यामाहा कम्पनीले ‘रेस फर दि एस’ दसैं अफर सार्वजनिक गरेको छ । उक्त अफरमा मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्ड मार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुट पाउनेछन् । त्यसैगरी लक्की ड्र मार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहार स्वरुप पाउने कम्पनीले जनाएको छ । बम्परमा एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

दसैंको बेला हिरोको मेला
हिरो मोटरसाइकल कम्पनीले ‘दसैंको बेला हिरोको मेला’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् । यसका साथै, स्क्र्याच कार्डमार्फत १ लाखसम्म रकम प्राप्त गर्न सक्नेछन् । यसैगरी बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने जनाएको छ । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सुजुकीको दसैं अफर
सुजुकी मोटरसाइकल कम्पनीले दसैंलाई मध्यनजर गर्दै ‘दसैं आयो उमंग छायो क्यासब्याकको साथै बम्पर पायो’ उपहार योजना ल्याएको छ । यस अन्र्तगत मोटरसाइकल र स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का क्यासब्याक पाइने छ । साथै यस अफरमा एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेन्जको सुविधा रहेको छ ।

टीभीएसको दसैं अफर
टीभीएस कम्पनीले दसैं, तिहार र छठ पर्व लक्षित उपहार योजना सार्वजनिक गरेको छ । जसअन्र्तगत ‘टीभीएस ६ प्राइजको सरप्राइज’ नारासहितको उपहार योजना ल्याएको छ । यस कम्पनीबाट बाइक तथा स्कुटर किन्नेले ६ पटकसम्म उपहार जित्ने मौका पाउने जनाएको छ ।

होन्डा कम्पनीको दसैं अफर
दसैंलाई मध्यनजर गर्दै होन्डा कम्पनीले पनि दसैं अफर ल्याएको छ । ‘होन्डा छ साथ, बम्परमा थप १५ लाख’ योजना उपहार सार्वजनिक गरेको छ । होन्डाले सात लाख रुपैयाँको बजेटमा सात प्रदेशमा सात विजेता रहने गरी योजना ल्याएको हो । स्क्रयाच कार्ड मार्फत १ लाख सम्मको छुट, स्पेयर पार्टमा ७ वर्षको लागि ७ प्रतिशत छुट र सात वर्षसम्म ९ वटा सर्भिस कुप्पन निशुल्क दिने कम्पनीले जनाएको छ ।

बजाजको अफर
बजाज मोटर्स कम्पननीले पनि दसैंलाई लक्षित गर्दै ‘बजाज खुसीको तीन डोज’ अफर ल्याएको छ । जस अन्र्तगत पहिलो डोजमा मोटरसाइकल किन्नु अघि १० हजार रुपैयाँ, दोस्रो डोज स्वरुप बाइक किन्दा १ लाख रुपैयाँ र तेस्रो खरिद सकेपछि १० लाख रुपैयाँसम्म नगद बम्पर उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

स्मार्टफोन खरिद गर्न यी ७ कुरामा ध्यान दिनुहोस्
ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ ?
सुपथ मुल्यका पसल चाडबाडमा मात्र लक्षित किन ?



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ