English

यस्ता हुन्छन् स्क्रब टाइफसका लक्षण, कसरी बच्ने ?



कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस अहिले नेपालको विभिन्न ठाउँमा देखिन थालेको छ । यद्यपि यो नयाँ रोग भने होइन । धेरै वर्ष अघि देखि यो रोगका बिरामी देखिने गरेका छन् । ‘स्क्रब टाइफस’ एक प्रकारको सरुवा रोग हो ।

अहिले स्क्रब टाइफसको बिरामी दैनिक जसो यो समस्या लिएर शुक्रराज अस्पताल पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउँछन् । उनका अनुसार स्क्रब टाइफसको समस्या धेरैजसो साउन र भदौ महिनामा देखिन्छ ।

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुको संक्रमणले हुने गर्छ । यो जीवाणु सामान्यतया एक प्रकारको सानो किर्नाको टोकाइबाट सर्ने गर्छ । मुसाको टोकाइले गर्दा यो रोग लाग्ने होइन । यो किर्ना बढी मात्रामा मुसामा हुन्छ । केही कारणबस त्यो क्रिना मुसाको शरीरबाट झरेर शरीरमा आयो भने त्यसको टोकाईबाट स्क्रब टाइफस रोग लाग्छ । यो संक्रमण भएको ५ देखि २० दिन भित्रमा यस्को लक्षणहरु देखा पर्छन् ।

लक्षण

– उच्च ज्वरो आउनु
– टाउको असाध्यै दुख्नु
– कानमा केही बजेको जस्तो आवाज सुनिने
– आँखा रातो हुनु
– शरीरमा स–साना बिमिरा देखिनु
– चिडचिड पसिना आउनु
– सास फेर्न गाह्रो हुनु
– शरीरका विभिन्न भागमा सानो रातो बिमिरा आएर सुकेपछि कालो दाग वा कालो पाप्रो बस्ने

बच्ने उपाय

– खेतबारीमा काम गर्न जाँदा, घर वरिपरिका झाडी सफा गर्दा, मुसाको बासस्थान नजिकै काम गर्दा सावधानी अपनाउने ।
– खेतबारीमा काम गर्दा हातखुट्टा ढाक्ने लामो बाहुले कपडा लगाउने ।
– बनजंगल, झाडीमा घाँस–दाउरा काट्न जाँदा शरीर ढाक्ने कपडा लगाउने
– चौरमा बस्दा केही ओछ्याएर मात्र बस्ने ।
– मुसाको बासस्थान भए नजिकै तथा खुला चौरमा सकेसम्म नसुत्ने ।
– घरको सरसफाईमा विशेष ध्यान दिने ।
– घरमा मुसा आउने वातावरणहरु सिर्जना हुन नदिने ।

कोरोना सङ्क्रमितमा जस्तै ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या जस्ता लक्षणहरु स्क्रब टाइफसका बिरामीमा पनि देखिने हुँदा मानिसहरुले कोरोना परीक्षण गर्ने र कोरोना नेगेटिभ आएपछि यी लक्षणहरुलाई बेवास्ता गर्ने सम्भावना रहने सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् ।

कोरोना संक्रमणको र स्क्रब फाइटसको समान लक्षण हुने भएकाले कोरोनाको आशंकामा अस्पताल नपुगिकन घरमै सावधानी अपनाएर बस्छु भनेर लापरबाही गर्ने हो भने स्क्रब टाइफसका बिरामीको अकालमा ज्यान सक्ने उनको भनाई छ । समयमै स्क्रब टाइफसको पहिचान गरी उपचार गर्नुपर्ने उनले बताए ।

स्क्रब टाइफस रोग लागेर समयमै उपचार हुन नसकेमा शरीरका कलेजो, फोक्सो, मस्तिष्क लगायतका अङ्गले काम गर्न नसक्ने अवस्था आउन सक्ने डा. पुन बताउँछन् । समयमै रोग पत्ता लागेमा यो रोग सामान्य उपचारमा निको हुन्छ । तर, समयमा उपचार भएन भने बिरामी गम्भीर अवस्थामा पुगेर मृत्युसमेत हुन सक्छ । त्यसैले लक्षणहरु देखिएपछि समयमै अस्पताल गएर परीक्षण गराउन उनको सुझाव छ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्