English

असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने, कहाँ–कहाँबाट लिन पाइन्छ ?



दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १० गतेबाट खुल्ने भएको छ । दशंै, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागारिकलाई लक्षित गरी अग्रिम बुकिङ खुला गर्न लागिएको यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिनाले जानकारी दिए ।

कोरोना महामारीको कारण गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ खुल्ला गरेको थिएन । अग्रिम टिकट खुल्ला नगर्दा दशैंमा सार्वजनिक सवारीमा हुने भीडभाडको मौका छोपी बढी भाडा लिएर यात्रू ठगिएका थिए । तर, यो वर्ष जोखिम कायमैै रहे पनि टिकट बुकिङ खुल्न लागेको हो ।

नयाँ बसपार्क र तोकिएको टिकट काउन्टरमा टिकट लिने यात्रुहरुको भिडभाडलाई व्यवस्थापन गर्न अनलाइन टिकटको व्यवस्था गरिएको छ । यसका साथै भिड व्यवस्थापन गर्न सुरक्षाकर्मी, ट्राफिक प्रहरी लगायत सम्बन्धित निकायलाई पनि पत्रचार गरिएको तिमिल्सिनाले जनाए । ‘अनलाइन टिकट काट्दा आफू जाने स्थान र यातायातको हेक्का गरेर टिकट बुकिङ गर्न सकिन्छ,’ उनले भने, ‘यदि अनलाइन बुकिङ गर्न सम्भव नभएमा तोकिएको काउन्टरमा गएर टिकट लिन सकिन्छ ।’


रोजगार तथा अध्ययनका लागि काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसहरुको संख्या उच्च छ । स्वभावैले चाडबाडमा घर फर्कनेको लर्को लामो लाग्छ । यद्यपि, यो वर्ष विद्यार्थीको संख्या न्युन रहेकाले टिकट लिनेको भिडभाड कम हुने तिमिल्सिनाको अनुमान छ । ‘विद्यालयहरु संचालनमा नआएकाले यो वर्ष उपत्यकाबाट बाहिरिनेको संख्या केही कम हुने अनुमान छ । दुई–तीन दिन टिकट बुकिङका लागि भिड भएपनि त्यसलाई व्यवस्थापन गर्नेछौँ,’ तिमिल्सिनाले भने, ‘यात्रुलाई झन्झट बिना टिकट उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन गरेका छाँै ।’


यात्रुलाई सजिलै टिकट उपलब्ध गराउनका लागि टिकट काउन्टर र आवश्यक जनशक्ति तयार भइसकेको लोट्से बहुउदेश्यीय प्रा.लिका एचआर म्यानेजर पंकज मल्लले जनाए । ‘बसको टिकट काउन्टर बिहान ५ बजेदखि साँझ ६ बजेसम्म खुल्छ तर राति ३ बजेदेखि लाइनमा बसेका हुन्छन्, जसकरणले भिडाभाड हुन्छ नै,’ मल्लले भने ‘यसलाई व्यवस्थापन गर्न अनलाइन टिकट बुकिङको व्यवस्था गरेका छौं ।’


चाडपर्वमा उपत्यकाको सडकमा सवारीको चाप बढ्छ । चापलाई व्यवस्थापन गर्नका लागि हालसम्म कुनै आदेश नआएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले बताए । ‘दशैंका लागि भनेर हालसम्म कुनै आदेश आएको छैन तर, हामी तयार छौ,’ उनले भने ।


कहाँ–कहाँबाट लिन सकिन्छ टिकट ?


सुरक्षित र भरपर्दो यात्राका लागि तोकिएका टिकट काउन्टर र परिचयपत्र भिरेका कर्मचारीमार्फत मात्र टिकट लिन तिमिल्सिनाले अग्रह गरे । काठमाडौँबाट पूर्व झापासम्मको यात्राका लागि नयाँ बसपार्क, गौशाला, कोेटेश्वर, कलंकी र स्वयम्भूको टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ गर्न सकिनेछ । यसैगरी नारायणगढ हुँदै पश्चिम महेन्द्रनगरसम्म जाने सवारीसाधनका लागि नयाँ बसपार्क र सुन्धाराको टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन