English

स्वप्न सुमन भन्छन् – ‘मन परेकी केटीलाई प्रेम प्रस्ताव राख्न नसकेपछि गीत गाएँ’



धरानस्थित सैनिक आवासीय महाविद्यालयबाट २०६९ सालमा एसएलसी दिएँ । त्यो समयको एसएलसी अहिलेको एसईई भएको छ । एसएलसीलाई त्यतिबेला आइरन गेट भनिन्थ्यो । त्यसैले निकै मेहनत गर्नुपथ्र्यो ।

एसएलसीमा ‘डिस्टिङ्सन’

त्यसैमा पनि म स्कुलको एसएलसी दिने दोस्रो ब्याच थिएँ । अघिल्लो ब्याचका साथीहरुले एसएलसीमा राम्रो अंक ल्याउनु भएको थियो । मेरो ब्याचका सबैजनाले राम्रो अंक ल्याउनै पर्ने दबाब थियो । त्यसैले मैले निकै मेहेनतका साथ पढेँ । त्यसैले डिस्टिङ्सन अर्थात विशिष्ट श्रेणीमा एसएलसी उत्तिर्ण गरेँ पास गरें ।

मलाई साइन्स पढाउने बुबाको जिद्धी

राम्रो नतिजा ल्याएर एसएलसी उत्तिर्ण भएपछि घरपरिवार र नातागोताले विज्ञान विषय पढ्न सल्लाह दिए । बुबाले त मलाई विज्ञान विषय पढाउनका लागि जिद्धी गर्नुभएको थियो । तर, म गणितमा कमजोर थिएँ । त्यसैले साइन्स पढ्ने आँट गरिनँ । गणितीय हिसाब नभएको विषय खोज्दै जाँदा होटेल म्यानेजमेन्ट र टुरिज्म विषय पाएँ । त्यसैले यी विषयमा अध्ययन गर्न काठमाडौँको बसुन्धारास्थिति ओरियन्ट कलेजको कक्षा ११ मा भर्ना भएँ ।

कलेजमा मेरा खासै धेरै साथीहरु थिएनन् । त्यसैले पनि होला साथीहरुसँग योजना बनाएर घुम्न जाने, कलेज बंक गर्ने सोच कहिल्यै आएन । सोझो, खासै अरुसँग नबोल्ने मेरो बानी थियो ।

कक्षा १२ मा पढ्दा त्रिशुलीमा ¥याफिङ पनि गएको थिएँ । मलाई पौडी खेल्न आउँदैन त्यसैले पानी देख्दा डर लाग्छ । ¥याफिङ खेल्दा सबै साथीहरु ढुङ्गाबाट हाम फाले तर, मैले फालिन । साथीले ‘माथी तान’ भनेर हात मागेको के थियो ! पानीमा तान्यो । त्यसरी तानेको म त डुबेँ भनेर सोचेको थिएँ । तर, तैरिएर दंग परेको थिएँ ।


मेरो कलेजमा कहिलेकहिँ साथीहरुबीचमा झगडा हुन्थ्यो । तर, मैले त्यस्ता कुरामा ध्यान नै दिन्न थिएँ, टाढा हुन्थेँ । मेरा साथीहरु पनि त्यस्तै थिए । कलेजमा ज्ञानी विद्यार्थी भनेर चिनिन्थे । कलेज जाने पढ्ने मात्र काम थियो । कलेजको असाइन्मेन्टको लागि उपत्यकाका विभिन्न होटेलमा जान्थेँ ।

कक्षा १२ मा पढ्दा त्रिशुलीमा ¥याफिङ पनि गएको थिएँ । मलाई पौडी खेल्न आउँदैन त्यसैले पानी देख्दा डर लाग्छ । ¥याफिङ खेल्दा सबै साथीहरु ढुङ्गाबाट हाम फाले तर, मैले फालिन । साथीले ‘माथी तान’ भनेर हात मागेको के थियो ! पानीमा तान्यो । त्यसरी तानेको म त डुबेँ भनेर सोचेको थिएँ । तर, तैरिएर दंग परेको थिएँ । यो बेला लाइफ ज्याकेटले पानीमा डुबिदैन भन्ने थाहा थिएन । अनि पानीमा १०–१५ मिनेट खेलेर रमाइलो गरेको थिएँ ।

प्रेम प्रस्ताव राख्न नसकेपछि गीत गाएँ

टिन एज भएर पनि होला कलेज पढ्दा चन्चले स्वभावको थिएँ । मेरो कलेजमा राम्रा–राम्रा केटी साथीहरु थिए । तिनै मध्ये कक्षाकी एउटी केटी मन पराएको थिएँ, तर दुई वर्षसम्म उसलाई प्रेमप्रस्ताव राख्न सकिनँ । त्यही कुराको महशुस गरेर ‘कसरी भनुँ तिमीलाई…..’ गीतको शब्द कोरेँ । कलेज सकिएपछि त्यो गीत गाएँ ।

प्लस टु पढ्दै गर्दा मैले कभर गीतहरु गाउँथे । बिहानको कलेज थियो । कलेज छुट्टी भएपछि धेरै समय स्टुडियोमा नै बस्थेँ। कभर गीत रेकर्डिङ गर्ने, गीतको शब्द कोर्ने, गितार र विभिन्न बाजाहरु बजाउन सिक्थेँ । पछि–पछि स्टुडियो मै खाने, बस्ने गर्न थालेँ । एक पटक यस्तो पनि भयो बिहान बोर्डको परीक्षा थियो । म राति १२ बजेसम्म स्टुडियोमा नै थिएँ । रातिको समय शान्त हुने भएकाले काम गर्न रमाइलो लाग्थ्यो ।

कभर गीत गाएँ पनि त्यति धेरै चिनिएको थिएन । कलेजका केही साथीहरुले मेरो गीत सुनेका थिए । राम्रो छ, भन्थे । कलेजका शिक्षकहरुले गीत–संगित भन्दा पढाईमै ध्यान दिन भन्नुहुन्थ्यो । तर, मैले पढाईलाई पनि निरन्तरता दिइरहेको थिएँ । प्लस टु राम्रो नम्बर ल्याएर पास गरेँ । त्यसपछि संगीतलाई नै निन्तरता दिएँ । व्यस्तताका कारणले औपचारिक शिक्षालाई निरन्तरता दिन सकिन ।

यो पनि पढ्नुहोस् ।
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन
सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे
कक्रोज भन्छन्– चिया पसलमा काम गर्दै कलेज पढें
‘बुबाआमा सरी ! डाक्टर बनाउने तपाईंहरुको सपना पुरा गर्न सकिन’

केकी भन्छिन्– ‘श्री ५ अम्बरेको सुटिङ सकेर परीक्षा दिन गएको कहिल्यै भुल्दिनँ’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।