English

अभिनेता बुद्धी तामाङको नजरमा पढ्नै पर्ने ३ पुस्तक



रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका बुद्धी तामाङले ‘मेरी बास्सै’ टेलिसिरियलमा अभिनय गरेसँगै एकाएक चर्चामा आए । यही सिरियलको ‘हैट’ थेगोले उनलाई दशर्कमाझ परिचित गरायो । चलचित्रमा समेत उनको यो थेगोले राम्रोे छाप राख्न सफल भयो । तामाङ अभियनसँगै पुस्तक अध्ययनमा पनि उस्तै समय बिताउन मन पराउँछन् । त्यसो बेलुका सुत्नुअघि कुनै न कुनै किताब पढेरमात्रै सुत्ने उनको बानी छ । तिनैमध्ये उनलाई मनपरेका पुस्तक यी हुन् :

कल्पग्रन्थ

कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’ मलाई असाध्यै मन परेको पुस्तक हो । विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको ‘कल्प–ग्रन्थ’को धेरै कथाहरु मैले पढिसकेको छु । केही कथाहरु भने पढ्नेक्रममा नै छु । नगरकोटीको प्राय पुस्तकहरु मैले पढिरहेको हुन्छु उहाँको लेखनशैली मलाई राम्रो लाग्छ ।

शिरिषको फुल

साहित्यकार पारिजातद्वारा लिखित शिरिषको फूल उपन्यास मन नपराउने सायद कमै होलान् । यो पुस्तकले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । विसङ्गतिको बीच रङ्गिएको जीवनलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यसमा युद्धभूमिबाट भागेर आएका भगौडा सैनिकको नारीप्रतिको दृष्टिकोण र एक निराशावादी युवतीको जीवनकथालाई मर्मस्पर्शी ढङ्गबाट चित्रण गरिएको छ । त्यसैले यो पुस्तक पढ्न सिफारिस गर्छु ।

सिद्धार्थ

हर्मन हिस्सेद्वारा लिखित यो पुस्तक पनि मलाई असाध्यै मन पर्ने पुस्तक भित्र पर्छ । यो पुस्तकमा जीवनको यात्राको विषयमा चर्चा गरिएको छ । मनलाई कसरी धेरै बहकिन छट्पटिन नदिने भन्ने ज्ञान यो पुस्तकमा छ । यो पुस्तक पढ्दा एक प्रकारको शान्ति प्राप्त हुन्छ । त्यसैले मलाई यो पुस्तक मन परेको हो ।

यो पनि पढ्नुहोस् ।


गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।