English

के हो फिस्टुला ? कसरी बच्ने ?



नशाहरुको बीच हुने एक असमान्य जोड नै फिस्टुला हो । चिकित्सकहरुका अनुसार आन्द्रा अथवा छालाको बीचमा, मलाशयको बीचमा फिस्टुला हुने सम्भावना हुन्छ । फिस्टुला विभिन्न प्रकारका हुन्छन् । तीमध्ये सबैभन्दा धेरै मात्रामा देखिने मलद्वारको फिस्टुला हो । यसले धेरैलाई दुःख दिएको पाइन्छ । त्यसैले फिस्टुलाका लक्षण के–के हुन् ? र, यसबाट कसरी बच्ने ? भन्ने विषयमा आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारीको सुझाव यस्तो छ :

लक्षण
– दिसा गर्ने ठाउँको वरपर वा नजिकमा खटिरा आएर अत्यन्त दुखाई हुनु
– मलद्वारमा पटक–पटक फोका आउनु
– मलद्वारको वरपर दुख्नु अथवा सुन्निनु
– दिशा गर्दा दुख्नु
– गुद्वारको छेउबाट रगत मिसिएको पीप आउनु
– गुद्वारको वरपरको छालामा जलन हुनु
– कब्जियत हुनु

कारण
– गुद्वारमा विगतमै चोट लाग्नु
– एउटा लामो समयदेखि चलिरहेको एउटा त्यस्तो रोग, जसमा पाचनतन्त्र सुन्निएको हुन्छ
– गुद्वारको छेउछाउको छालामा फोका आउनु
– क्षयरोग अथवा एचआईभी संक्रमित हुनु
– गुद्वारको नजिक गरिएको कुनै शल्यक्रियाको जटिलता

बच्ने उपाय

– दिसा धेरै कब्जियत हुन नदिने
– बल गरेर दिसा नगर्ने तथा लामो समयसम्म दिसा नबस्ने
– मसलेदार तथा खुर्सानी, अदुवा, गरम मसला, दुध चिया र कफि कम सेवन गर्ने
– हरियो सागपात तथा फलफूल आवश्यक मात्रामा खाने
– शरीरलाई चाहिने आवश्यक मात्रामा पानी पिउने
– दैनिक रुपमा व्यायाम गर्ने
– फिस्टुलाको लक्षणहरु देखिएपछि हेलचेक्राईँ गरेर नबस्ने अस्पताल गएर चिकित्सकको सल्लाह लिने



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।