English

यी हुन् प्यारालाइसिस हुनुको कारण, कसरी बच्ने ?



सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा शरीरको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने र मानिसको मृत्यु पनि हुन सक्छ ।
त्यसैले पक्षघात हुने कारणहरु के के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा वीर अस्पतालका न्युरोलोजिष्ट डा.सुनिलराम कोइरालाको सुझाव यस्तो छ :

कस्तो व्यक्तिमा यसको सम्भावना हुन्छ ?

साधारणतया पक्षघात उमेर बढ्दै जाँदा हुन्छ । यद्यपि गहिरो चोटपटक लागेमा वा स्नायु प्रणालीमा समस्या भएमा यो जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ । मुटु सम्बन्धि रोग, उच्च रक्तचाप, मधुमेहजस्ता रोगी र अत्याधिक धुम्रपान गर्ने व्यक्तिमा पक्षघात हुने सम्भावना अन्य व्यक्तिमा भन्दा बढी हुन्छ ।

कारण

– स्नायुप्रणालीमा हुने चोटपटक
– मधुमेह तथा उच्च रक्तचाप नियन्त्रण नगर्दा
– अत्यधिक धूम्रपान तथा मद्यपान
– रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नु
– तनावयुक्त जीवन

लक्षण

– शरीरका अंग चलाउन गाह्रो हुनु
– मुख चलाउन असहज हुनु
– स्पष्टसँग बोल्न नसक्ने
– मुख बाङ्गिने
– एक्कासी आँखा नदेख्नु

बच्ने उपाय

– जीवनशैलीमा सुधार गर्ने
– पर्याप्त शारीरिक व्यायाम गर्ने
– स्वस्थकर खानपिनको बानी अपनाउने
– धुम्रपान र मदिरा सेवन गर्ने खराब बानी त्याग्ने
– तनाव नलिने
– मोटोपन घटाउने

उपचार

पक्षघात भएमा सकेसम्म छिटो उपचार गर्नुपर्छ । जति चाँडोे समयमा उपचार गर्न सकियो त्यति नै उपलब्धिमूलक हुन्छ । पक्षघात हुनुको कारण पत्ता लगाएर यसको उपचार गरिन्छ ।
रगत सञ्चालन बन्द भएर पक्षघात भएमा ३ घन्टाभित्रमा अस्पताल ल्याइसक्नुपर्ने हुन्छ । पक्षघातको अवस्था हेरेर औषधि दिइन्छ र शल्यक्रियाबाट यसको उपचार गरिन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।