English

दशैंलाई नयाँ नोट असोज ४ देखि, एकजनाले कतिसम्म साट्न पाइन्छ ?



नेपाल राष्ट्र बैंकले असोज ४ गतेबाट दशैंका लागि नयाँ नोट वितरण हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष नयाँ नोट वितरण गरिएको थिएन तर, यसवर्ष भने दिन लागेको राष्ट्र बैंकका सूचना अधिकराी नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

‘नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त बैंकहरुको क्षमता हेरेर १० करोड देखि ५० करोडसम्म नयाँ नोट उपलब्ध गराई सकेका छौँ,’ पोखरेलले भने, ‘सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकमा गएर नोट सटही गर्न सक्नुहुन्छ ।

’बैंकले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नोट सटहीको सुविधा दिन सक्ने जनशक्तिलाई व्यवस्थापन गरी नोट वितरण गर्नुपर्ने छ । ‘सर्वसाधारणलाई नयाँ नोट लिन राष्ट्र बैंकसम्म आउनु पर्दैन,’ उनले भने, ‘यो वर्ष नयाँ नोट प्रर्याप्त मात्रामा भएकाले नोट सटहीको समस्या पर्दैन ।’

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन् । ५ देखि १ सय रुपैयाँसम्मको एक सेट पाउने छन् । नयाँ नोटको सटही गर्दा सर्वसाधारणले लामो लाइन बस्नुपर्ने र भिड हुनगई संक्रमणको जोखिम बढ्ने भएकाले सबैले स्वस्थ्यमापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट दशैंको बेलामा सटही गर्दै आएको छ ।



सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested