English

नारायणमान बिजुक्छेले भोगेको संसद– ‘जहाँ दलालहरुको हालिमुहाली चल्छ’



नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे आजभोलि भक्तपुरस्थित आफ्नै निवासमा विश्राम गरिरहेका छन् । २६ वर्षे संसद यात्रापछि ८० टेकेका बिजुक्छे अब जीवनमा कहिल्यै निर्वाचन लड्ने छैनन् । अर्थात्, सांसदकारुपमा उनी न संसद भवन प्रवेश गर्नेछन्, न ड्यासमा अभिएर चर्का भाषण गर्ने वा सरकार र बेथितिविरुद्ध बोल्ने नै छन् ।

तर, राजनीतिबाट भने उनले सन्न्यास लिएका छैनन् । घरमै बसेर राजनीतिक गतिबिधि नियालिरहेका छन् । संसदमा उठ्ने हरेक प्रश्नको अस्तित्व केलाइरहेका छन् । नेमकिपाको तर्फबाट प्रतिनिधित्व गर्दै संसद छिरेका सांसदलाई सल्लाह–सुझाव दिइरहेका छन् । अनि, भक्तपुर वरिपरी हुने विभिन्न राजनीतिक, सामाजिक तथा शैक्षिक गतिविधिमा आफूलाई समाहित गराइरहेका छन् ।

बिजुक्छेले घरबाट देशको राजनीति र संसद दुवै नियालिरहेका छन् । तर, दुवैप्रति उनको असन्तुष्टी छ । उनलाई न राजनीति राजनीतिजस्तो लाग्छ न संसद संसदजस्तो । ‘राजनीतिमा जुन सेवा भाव हुनुपर्ने हो त्यो छैन,’ बिजुक्छे प्रश्न गर्छन्, ‘राजनीतिले ठेकदार जन्माउने र उनीहरुलाई पाल्ने काम गरेर कहिँ हुन्छ ?’

‘काठमाडौं जान नपरेपछि फुर्सदिलो भएको छु,’ बिजुक्छे भन्छन्, ‘साथी–भाईसँगको भेटघाट र विभिन्न कार्यक्रमहरुमा सहभागी भएरै दिन बितिरहेका छन् ।’ राति ढिला (११–१२ बजे) सुत्ने भएकाले बिजुक्छे बिहान ८ बजेमात्र उठ्छन् । कालो चिया पिएर पत्रपत्रिका पढ्छन् । त्यसपछि कार्यक्रमको स्याडूल हेर्छन् । कुनै कार्यक्रम छ भने घरबाहिर निस्कन्छन्, छैन भने घरमै पुस्तक पढेर–लेखेर बस्छन् । अर्थात, उनको अधिकांश समय लेखपढमै बितिरहेको छ ।

संसदबाहिरबाट संसदलाई नियाल्दा

बिजुक्छेले घरबाट देशको राजनीति र संसद दुवै नियालिरहेका छन् । तर, दुवैप्रति उनको असन्तुष्टी छ । उनलाई न राजनीति राजनीतिजस्तो लाग्छ न संसद संसदजस्तो । ‘राजनीतिमा जुन सेवा भाव हुनुपर्ने हो त्यो छैन,’ बिजुक्छे प्रश्न गर्छन्, ‘राजनीतिले ठेकदार जन्माउने र उनीहरुलाई पाल्ने काम गरेर कहिँ हुन्छ ?’

एकदिन बिजुक्छे काम विशेषले भक्तपुरबाट काठमाडौं आउँदै थिए । उनले मीनभवनस्थित यातायात व्यवस्था विभाग अगाडि सांसदहरुको हुल देखे । के भएको रहेछ भनेर बुझ्न गाडीबाट ओर्लिए । ‘यहाँ के भइरहेको छ ?’ विभाग अगाडि पुगेपछि बिजुक्छेले एक अपरिचित व्यक्तिलाई सोधे । ‘ठेक्का खुलेको छ दाइ’ ती व्यक्तिले जवाफ दिए । उनको कुरा सुनेपछि बिजुक्छे त्यहाँबाट फरक्क फर्किए । उनी केही समयअघिको यस विषयलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै सांसदहरुको काममाथि व्यंग्य गर्छन् ।

साथै, सांसदहरु संसद बैठक छाडेर एनजिओको कार्यक्रममा लाम लागेर जाने गरेको पनि उनलाई चित्त बुझेको छैन । भन्छन्, ‘एनजिओले नेताहरुलाई खत्तम पारिदियो ।’ पछिल्लो समय नेताले ठेकेदार जन्माउने र तिनै ठेकेदार चुनाव लडेर मन्त्री हुने प्रवृत्ति बढेकोप्रति बिजुक्छेको गुनासो छ । भन्छन्, ‘राजनीतिमा दूधलाई बिरालो साक्षी भइरहेको छ ।’ अहिलेको संसदप्रति बिजुक्छेका केही असहमति छन् । जसरी प्रधानमन्त्री–मन्त्रीहरुले संसदबारे अवगत गराउनुपर्ने हो त्यसो हुन नसकेको उनको भनाई छ ।

अहिले संसदमा निस्वार्थ भावनाले देश–जनता र राष्ट्रियताको पक्षमा प्रश्न गर्नेको कमी रहेको बिजुक्छेको निचोड छ । जसरी हिजो उनी निर्धक्क भएर संसदमा आफ्ना कुरा राख्थे । उनलाई व्यक्तिगत रुपमा कसैको विरोध गरेर पाउनु केही छैन । तर, सबैले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्ने हो भने देश परिवर्तन हुन धेरै समय नलाग्ने उनको बुझाई छ

कहिलेकहिँ संसदमा उठ्ने विषयमा पनि सांसदको व्यक्तिगत स्वार्थ हाबी हुने र त्यो स्वार्थ पुरा भएपछि विषय साम्य हुने बिजुक्छेले राम्रोसँग बुझेका छन् । ‘कहिलेकाहिँ मन्त्रीमाथि प्रश्न गरिन्छ,’ उनी भन्छन्, ‘संसद बैठकपछि मन्त्रीले ‘ल भन्नुस् के गर्नुपर्ने हो ?’ भन्छन् । त्यसपछि आफन्त–कार्यकर्तालाई जागिर, सरुवा–बढुवा वा अन्यमा कुरा मिल्छ अनि अर्कोपटक त्यस विषयलाई कसले फलो गर्ने ?’

अहिले संसदमा निस्वार्थ भावनाले देश–जनता र राष्ट्रियताको पक्षमा प्रश्न गर्नेको कमी रहेको बिजुक्छेको निचोड छ । जसरी हिजो उनी निर्धक्क भएर संसदमा आफ्ना कुरा राख्थे । उनलाई व्यक्तिगत रुपमा कसैको विरोध गरेर पाउनु केही छैन । तर, सबैले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्ने हो भने देश परिवर्तन हुन धेरै समय नलाग्ने उनको बुझाई छ ।

‘नेतृत्वले राम्राभन्दा पनि हाम्रालाई टिकट दिने, मन्त्री बनाउने र पक्षपोषण गर्ने गरेका कारण यस्तो अवस्था आएको हो,’ बिजुक्छेको निस्कर्ष छ । संसदमा बोल्दा मन्त्रीहरु प्रशस्त तयारी गरेर र सांसदहरु पनि आफूले बोल्ने, प्रश्न गर्ने विषयमा पोख्त भएर आउनुपर्ने उनको भनाई छ ।
एकपटक आफू भारतको संसद बैठकमा सहभागी हुँदा एक भारतीय सांसदले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीले तथ्य र तथ्यांकसहित जवाफ फर्काएको उनी सम्झन्छन् ।

त्यसपछि ती सांसदले फेरि मन्त्रीले प्रस्तुत गरेको तथ्यांकमा कहाँ–कहाँ गल्ती छ र तथ्यांकमा के–के कुरा मिलेका छैनन् भनेर एक–एक कुरा केलाएको उनले आफ्नै आँखाले देखे । उनी भन्छन्, ‘हामीकहाँ यसरी अध्ययन गर्ने परिपाटी नै छैन ।’ त्यस्तै, श्रीलंकामा कुन विषयमा कुन सांसदले के बोल्ने भन्ने पहिल्यै छलफल गरेर संसद बैठकमा जाने गरेको बिजुक्छे बताउँछन् । तर, नेपालमा भने एउटै विषयमा बोल्दा पनि एउटै पार्टीका चार सांसदबाट चार कुरा आउने गरेकोप्रति उनको गुनासो छ ।

सम्झनामा संसद

२०४८ देखि २०७० सालसम्म भएका ५ निर्वाचनमा बिजुक्छे भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भए । यसरी ७८ वर्षीय बिजुक्छेले आफ्नो जीवनको तीन भागको एक भाग संसदमै बिताए । प्रष्ट विचार, राजनीति र नेतृत्वप्रति तिक्ष्ण प्रहार, मनमा लागेका कुरा निसंकोच प्रवाह, राष्ट्रियताको पक्षमा वकालत आदि । बिजुक्छेका मुख्य विशेषता हुन् । संसदमा उनले आफूलाई सधैं प्रतिपक्षको रुपमा उभ्याए र राष्ट्रियताको पक्षमा वकालत गरिरहे । २६ वर्षे संसद यात्राका क्रममा बिजुक्छेले जीवनमा तिता–मीठा दुवै अनुभव संगालेका छन् ।

संसद कसरी चल्छ भन्ने उनले बेलायत, स्वीजरल्याण्ड, अमेरिका, फ्रान्स, भारत र चीन लगायतका देशको संविधान पढेर राम्रोसँग बुझेका थिए । जनआन्दोलन २०४६ ले प्रजातन्त्र पुर्नस्थापना गरेपछि २०४८ सालमा प्रतिनिधि सभा निर्वाचन भयो । त्यतिबेला, सभामुख दमननाथ ढुंगाना थिए । १ मिनेट बोल्न पाउनेगरी शुन्य समयको व्यवस्था हुन्थ्यो । तर, संसदमा सभामुख, पार्टी नेतृत्व, पत्रकारलगायतलाई सम्बोधन गर्दागर्दै सांसदहरुको १ मिनेटको समय सकिन्थ्यो । बिजुक्छे भने विषय केन्द्रित भएर बोल्थे ।

२६ वर्षे संसद यात्राका क्रममा बिजुक्छे आफूलाई पार्टीको सिद्धान्त र जनताले दिएको अभिभारा अनुरुप प्रस्तुत गरेको बताउँछन् । एकपटक बिजुक्छेले भक्तपुरलगायतका केही स्थानलाई सांस्कृतिक नगर घोषणा गर्नुपर्ने कुरा संसदमा उठाए । सांस्कृतिक पर्यटकीय स्थल वरिपरि पक्की घरहरु ठडाउन नपाइयोस् भन्ने यसको मुख्य उद्धेश्य तथा आशय थियो ।

विशेष समयमा दिइएको ५ मिनेटको समयमा उनी विद्येयक र सार्वजनिक महत्वका कुरा राख्थे । त्यस्तै, कुनै विषयमा ध्यानाकर्षण गराउनु पर्दा लेखेर दिने र एक हप्तापछि बोल्न पाउने व्यवस्था थियो । बिजुक्छे त्यतिबेला सरकारी कार्यालयमै पुगेर त्यहाँका व्यथिति केलाउँथे । कर्मचारीसँग नाम गोप्य राख्ने शर्तमा सूचना संकलन गर्थे र संसदमा त्यो कुरा उठाउँथे ।

संसद छिर्नुअघि बिजुक्छेले संसदमा देश र जनता, विकास र समृद्धि, राष्ट्रियता र स्वाभिमानका विषयमा कुरा हुन्छन् होला भन्ने सोचेका थिए । तर, २६ वर्षे संसद यात्राका क्रममा उनले यी विषयमा छलफल भएको कमै सुने । भन्छन्, ‘त्यहाँ त व्यक्तिगत स्वार्थका कुरा पो हुँदारहेछन् । मलाई अहिलेसम्म पनि अचम्म लाग्छ ।’

२६ वर्षे संसद यात्राका क्रममा बिजुक्छे आफूलाई पार्टीको सिद्धान्त र जनताले दिएको अभिभारा अनुरुप प्रस्तुत गरेको बताउँछन् । एकपटक बिजुक्छेले भक्तपुरलगायतका केही स्थानलाई सांस्कृतिक नगर घोषणा गर्नुपर्ने कुरा संसदमा उठाए । सांस्कृतिक पर्यटकीय स्थल वरिपरि पक्की घरहरु ठडाउन नपाइयोस् भन्ने यसको मुख्य उद्धेश्य तथा आशय थियो ।

यस विषयमा ऐन बनाएर संसदले पास गर्नुपर्ने हुन्थ्यो । तर, ऐन संसदमा नै आएन । यसबारे बिजुक्छेले बारम्बार प्रश्न उठाइरहे । मन्त्रीसँग पनि कुरा गरे । ‘तर, मन्त्रीलाई सांस्कृतिक सहर भनेको के हो भन्ने नै थाहा थिएन,’ उनी भन्छन् । त्यस्तै, एकजना भारतीय पत्रकारले संसदमा यसो बोल, उसो गर भनेर आफूलाई सिकाउने गरेको बिजुक्छे सम्झन्छन् । ‘संसदमा मैले एमालेको पनि आलोचना गर्ने भएकाले उसले मलाई के सम्झिएछ कुन्नी । भारतको तारिफ गर्न सिकाउँथ्यो,’ बिजुक्छे भन्छन्, ‘पछि म कम्युनिष्ट हो भन्ने थाहा पाएपछि मेरो नजिक नै आएन ।’

बिजुक्छे यसरी संसदमा दलालहरुको पनि हालिमुहाली हुने गरेको बताउँछन् । उनकाअनुसार राजाले पनि संसदमा अप्रत्यक्षरुपमा हस्तक्षेप गर्थे । बिजुक्छेले संसदमा पहिलोपटक भ्रष्टाचार र नेपाल–भारत सीमाको विषयमा कुरा उठाएका हुन् । आफूलाई देशको चिन्ता भएको र मन्त्री हुने लालच नभएका कारण प्रष्टरुपमा कुरा राख्ने गरेको उनी बताउँछन् । उनले २६ वर्षे संसद यात्राका क्रममा थुप्रै गैरजिम्मेवार सांसद भेटेका छन् । देशमा त छँदै थियो विदेश गएरसमेत सांसदले लाजमर्दो काम गरेको उनी सुनाउँछन् ।

उनी भरतमोहन अधिकारीले २०५६ सालमा संसदमा गरेको एउटा संबोधनलाई कहिल्यै बिर्सदैनन् । भरतमोहन त्यतिबेला विराटनगरको एक माडवाडीका सल्लाहकार थिए । उनले संसदमा सोही कम्पनीको पक्षपोषण गरेर बोले । भरतमोहन बोल्दै गर्दा बिजुक्छेले उठेर अब्जेक्सन जनाए । भने, ‘सभामुख महोदय उहाँ यस कम्पनीको सल्लाहकार हुनुहुन्छ ।’ त्यसपछि भरतमोहन लाजले थचक्क बसे ।

एकपटक बिजुक्छेसहित केही सांसद नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन गएका थिए । यो नेपाली सांसदका लागि राम्रो अवसर थियो । तर, बैठकमा भाग लिन गएका सांसद त्यहाँ पुगेपछि आफन्त भेटघाट र घुमघाममै रमाए । बिजुक्छे भन्छन्, ‘बैठकमा नेपालका लागि ४–५ वटा कुर्सी छुट्याइएको थियो । तर, मबाहेक बैठकमा कोही भएनन् । सबै रमाइलोमा लागे ।’

उनी भरतमोहन अधिकारीले २०५६ सालमा संसदमा गरेको एउटा संबोधनलाई कहिल्यै बिर्सदैनन् । भरतमोहन त्यतिबेला विराटनगरको एक माडवाडीका सल्लाहकार थिए । उनले संसदमा सोही कम्पनीको पक्षपोषण गरेर बोले । भरतमोहन बोल्दै गर्दा बिजुक्छेले उठेर अब्जेक्सन जनाए । भने, ‘सभामुख महोदय उहाँ यस कम्पनीको सल्लाहकार हुनुहुन्छ ।’ त्यसपछि भरतमोहन लाजले थचक्क बसे ।

यो पनि पढ्नुहोस् :
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन