English

फोक्सोलाई स्वस्थ राख्न के–के कुरामा ध्यान दिने ?



डा. नविनकुमार मिश्र, छाती रोग विशेषज्ञ

फोक्सोमा लाग्ने रोग र यसबाट कसरी जोगिन सकिन्छ भन्ने थाहा पाउन जरुरी हुन्छ । थोरै सावधानी अपनायौँ भने हामी फोक्सो सम्बन्धि रोगबाट बच्न सक्छौँ । फोक्सो खराब हुनुको अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

हाम्रो शरीरमा भएको प्रतिरक्षा प्रणालीले फोक्सो बचाउने काम गर्छ । अधिकांश समय यसले बाह्य फोहोरलाई फिल्टर गरी किटाणुहरु विरुद्ध लड्ने काम गर्दछ । त्यस्ता किटाणु तथा हानिकारक पदार्थले व्यक्तिको श्वासनलीमा क्षति पु¥याएमा प्रतिफल स्वरुप यसले फोक्सोको नियमित कार्यप्रणाली र क्षमतामा समेत हानी पु¥याउँछ । जसले कालान्तारमा फोक्सोको रोगसमेत निम्त्याउने सम्भावना उच्च रहन्छ । त्यसकारण हामीले फोक्सोको स्वास्थ्यमा उचित ध्यान दिनुपर्दछ ।

वर्तमान समयमा कोरोना संक्रमणको पनि जोखिम भएकोले यसबाट टाढा रहन शरीरलाई स्वस्थ राख्नु पर्छ । जसका लागि हाम्रो फोक्सोले राम्रोसँग काम गर्नु जरुरी छ । कोरोनाले हाम्रो फोक्सोमा आक्रमण गर्दछ, त्यसैले हामीले फोक्सोको विशेष ध्यान दिनुपर्छ । यसका लागि के–के कुरामा ध्यान दिने भन्ने विषयमा छाती रोग विशेषज्ञ डा. नविन कुमार मिश्रको सुझाव यस्तो छ :

ध्यान दिनुपर्ने कुराहरु

– धुम्रपान गर्ने व्यक्तिबाट समेत टाढा रहने
– धुलो–धुवाँजन्य वातावरणमा सकेसम्म नजाने वा जानैपर्ने अवस्था आए अनिवार्य मास्कको प्रयोग गर्ने
– शारीरिक रुपमा सक्रिय रहने र नियमित व्यायाम गर्ने
– पौष्टिक आहारको सेवन गर्ने
– बाहिर निस्कँदा धेरै हुलमुल हुने समयमा ननिस्किने
– कोरोना संक्रमणको कारणले पनि फोक्सोमा समस्या हुने भएकोले स्वास्थ्य मापदण्डलाई उचित रुपमा अनुशरण गर्ने
– नियमित स्वास्थ्य जाँच गराउने



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।