English

मास्क प्रयोगको बानी बसाउनै मुस्किल



कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ । नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो । उनीहरुलाई अनिवार्यरुपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ ।

कोरोना रोकथामबारे जनचेतना जगाउन गत साउन २४ गतेदेखि नेपाल मास्क अभियान सुरु गरिएको हो । सो क्रममा कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ कार्यक्रमअन्तर्गत तपाईँको मास्क खोई ? अभियान सञ्चालन भइरहेको छ । त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउँछन् ।

“नाकमुख छोपिने गरी लगाउनुपर्ने मास्क धेरैले चिउँडोमा लगाउने गर्छन्, धेरैजसोले गोजीमा राखेर हिँड्ने गरेका छन्”, उनले भने, “पटक पटक सम्झाइबुझाई गर्दा पनि बहाना बनाउने गरेका पाइयो, मास्क प्रयोग गराउनै मुस्किल भइरहेको छ ।” अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई प्रहरीले निःशुल्क मास्क उपलब्ध गराउँदै आएको छ ।

मास्क प्रयोग नगर्दा कोरोना सङ्क्रमण फैलिने खतरा कायमै छ । सहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन् ।

मास्क प्रयोग नगर्दा कोरोना सङ्क्रमण फैलिने खतरा कायमै छ । सहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन् । मास्क खोई ? अभियान सुरु गरिएपछि पहिलेको तुलनामा मास्क प्रयोग गर्ने बढेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार विस्तारै मास्क प्रयोग गर्नेको सङ्ख्या बढिरहेको छ । “मास्क लगाउनु पर्छ भन्ने चेतना बढ्दै गएको छ”, उनले बताए ।

प्रहरीले सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, सीमालगायत क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारी सबैले खोप लगाउन नपाएको अवस्थामा मास्क र स्यानिटाइजर प्रयोग, हात धुने र भौतिक दूरी कायम गर्नु आवश्यक भएको बताउँछन् ।

श्वास फेर्न गाह्रो हुने भन्दै अधिकांशले मास्क प्रयोग गर्न रुचाउने गरेका छैनन् । धनगढी बजारमा भेटिएका रमेश थापा भन्छन्, “भीडभाड हुने ठाउँमा मात्र मास्क लगाउँछु, अरुबेला खासै लगाउने गरेको छैन ।”

तपाईको मास्क खोई ? अभियानअन्तर्गत प्रहरीले मङ्गलबारसम्म कैलालीमा २५ हजारभन्दा बढीले निःशुल्क मास्क वितरण गरिसकेको छ । मास्क प्रयोग नगरी हिँड्ने र सम्झाइबुझाई गर्दा पनि अटेरी गर्नेलाई प्रहरीले जरिवाना गर्दैआएको छ । मङ्गलबारसम्म एक हजार चार सयभन्दा बढीलाई रु १०० का दरले जरिवाना तिर्न लगाएको छ । सुदूरपश्चिम प्रदेशमा गत वैशाख–जेठको तुलनामा हाल सङ्क्रमण दर घट्दै गएको छ ।

यो पनि पढ्नुहोस्:
अब कहिले उठ्ला ठमेल ?

ठमेल सोध्छ, के कोरोना राती मात्र सर्छ ?
बरु कोरोना लागोस् तर लकडाउन नहोस्
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय मान्दैनौं



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।