English

फूड पोइजन हुँदा देखिन्छन् यस्ता समस्या, कसरी बच्ने ?



दूषित खानाको सेवनले लाग्ने रोग नै फुड पोइजनिङ हो । विभिन्न किसिमका व्याक्टेरिया इकोली, सालमोनेला जस्ता व्याक्टेरियल संक्रमणका कारणले फूड पोइजन हुने गर्छ । माछा, मासु अण्डा र दूग्धजन्य खाद्यवस्तुको सेवनले छिट्टै संक्रमण हुने हुँदा यस्ता खानेकुरा खाँदा विशेष सावधानी अपनाउनु पर्छ ।

कतिपय अवस्थामा हात नधोई खाना पकाउँदा या खाँदा पनि व्याक्टेरियाको संक्रमण हुन्छ । बासी, सडेको, दुषित पानी, रङ मिश्रित खाना, जंकफूड केमिनलयुक्त प्याकेटका खानाका कारण धेरैलाई फूड पोइजन हुने गर्छ । त्यसैले फूड पोइजनले हुने समस्या र बच्ने उपायका बारेका बारेमा फेमेली फिजिसियन डा. रमेश पन्तको सुझाव यस्तो छ :

फूड पोइजनका लक्षण

– पेट दुख्ने
– झाडापखाला लाग्ने
– मन्दज्वरो आउने
– थकित महसुस हुने
– टाउको दुख्ने
– वाकवाकी लाग्ने
– भोक नलाग्ने
– कमजोर महसुश हुने

बच्ने उपाय

– शुद्ध पानी पिउने
– पानी उमालेर र फिल्टर गरेर पिउने
– पकाइएको माछा, मासु, लामो समयसम्म राखेर नखाने
– धेरै खानेकुरा एकैपटक नखाने
– पकाएको खानेकुरा छोपेर राख्ने
– झिँगा भन्किएको खानेकुरा नखाने
– खाना पकाउँदा, र खानुअघि साबुन पानीले हात धुने
– फलफूल राम्रोसँग पखालेर मात्र खाने
– प्याकेजिङ खाना, पेयपदार्थ, मैदायुक्त, केमिकलयुक्त खाना नखाने

उपचार

– प्रायजसो खानाको विषाक्तता दुई दिनपछि आफैँ निको हुने गर्दछ ।
– शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन, शरीरमा पानीको कमी हुने बित्तिकै अस्पताल जानुपर्छ ।
– लगातार पेट दुख्ने, बान्ता हुने, दिसा लागिरहने भएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ र के कारणले पोइजनिङ भएको हो त्यही अनुसार उपचार गर्नुपर्छ ।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।