English

२ लाख ८६ हजार बालबालिका अझै श्रमिक



लगभग ६ दशकदेखि बालअधिकारको लागि ‘राष्ट्रिय बाल दिवस’ मनाइदै आए पनि बालबालिकाहरुको अवस्थामा कुनै सुधार देखिएको छैन । यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि कोरोना महामारीपछि सिथिल भएका छन् । ‘कारोनाका कारणले हामीले बालबालिका सम्बन्धी कुनै अनुसन्धान गरेका छैनौँ,’ सिविस (चिल्ड्रेन एण्ड वोमन इन सोसियल सर्भिस एण्ड ह्युमन राइट) का प्रशासकिय अधिकृत केदार मगरातीले भने ।

केन्द्रिय तथ्यांक विभागको ‘श्रम शक्ति सर्वेक्षण २०७६’ मा उल्लेख भए अनुसार १७ वर्ष मुनिका २ लाख ८६ हजार बालबालिकाहरु आर्थिक लाभका लागि कार्यमा संलग्न रहेको राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले बताए ।

गैरसरकारी संघसंस्था मात्र होइनन्, कोरोना महामारीको समयमा बालबालिकाको पक्षमा सम्बन्धित निकायले पनि चासो दिएका छैनन् । बालश्रम शोषण जस्ता कार्यहरुमा के–कति संलग्न छन् भनेर तथ्यांक पाउन पनि मुस्किल छ ।

केन्द्रिय तथ्यांक विभागको ‘श्रम शक्ति सर्वेक्षण २०७६’ मा उल्लेख भए अनुसार १७ वर्ष मुनिका २ लाख ८६ हजार बालबालिकाहरु आर्थिक लाभका लागि काममा संलग्न रहेको राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले बताए ।

राष्ट्रिय जनगणन २०६८ अनुसार १ लाख ४ हजार ७ सय बालबालिकाहरु श्रम संलग्न रहेका छन् । ‘आर्थिक बर्ष २०७७–७८ को तथ्यांक आउन बाँकी छ,’ चन्दले भने, ‘ बालश्रम निवारण सम्बन्धि गुरुयोजना २०७५–८५ नेपाल सरकारले ल्याएको छ, जसमा ७० प्रकारका बालश्रममा बालबालिका संलग्न देखाएका छन् ।’

गुरुयोजना अनुसार २०८३ सालमा सबै किसिमको बालश्रम अन्त्य हुने उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा सडक बालबालिका ५८ बालबालिकाहरु उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको चन्द बताउँछन् ।

बालबालिकालाई श्रममा लगाएको भेटिएमा १०९८ हेल्पलाइन, बालबालिका खोज तलास प्रहरीको नम्बर १०४ छ । महिला, बाल तथा जेष्ठ नागरिक केन्द्रसँग पनि बालश्रम सम्बन्धित समस्याबारे समन्वय गर्दै आएको चन्दले बताए ।

बालबालिकालाई श्रममा संलग्न नगराउने भनेर चेतना बढ्दै, यससँग सम्बन्धित उजुरी पनि बढेको उनले जानकारी दिए । तर, विपन्न र नेपाल–भारतसँग सिमा जोडिएकाले बालश्रममा कमि आउन नसकेको चन्दले बताए ।

श्रमकै लागि भारत गएका बालबालिकाको तथ्यांक नभए पनि सिमामा भेटिने अभिभावकलाई सम्झाउने बुझाउने गरिएको छ । बालबालिका ऐनको नियमावालीमा बलश्रम गराउन नपाइने नियम उल्लेख गरिएको छ । तर, समाज र परिवारमा बालअधिकार सचेतनाको कमी र आर्थिक अभावका कारण यसलाई रोक्न समस्या रहेको चन्दको भनाई छ । ‘बालश्रम कम गर्न परिवारको आर्थिक अवस्थामा सुधार गर्न र बालअधिकार सम्बन्धी सचेतना फैलाउन जरुरी छ,’ चन्दले भने ।

बालबालिकालाई श्रममा लगाएको भेटिएमा १०९८ हेल्पलाइन, बालबालिका खोज तलास प्रहरीको नम्बर १०४ छ । महिला, बाल तथा जेष्ठ नागरिक केन्द्रसँग पनि बालश्रम सम्बन्धित समस्याबारे समन्वय गर्दै आएको चन्दले बताए ।

प्रत्येक स्थानीय तहमा बालअधिकार समिति, बालबालिकाकोे संरक्षण र बाल अधिकारका लागि बाल कल्याण अधिकारी कर्मचारी, बाल कोष र बाल मनोविज्ञ राख्ने जस्ता योजना रहे पनि कार्यन्वयनमा आउन नसकेको उनले बताए । स्थानीय तहका बालबालिकाका कार्यविधी पनि बनेको उनले जनाए ।

भिडियो:

यो पनि पढ्नुहोस्
हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन
बालबालिकाहरुलाई होमवर्क गराउँदा यी कुरामा ध्यान दिनुहोस्
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?
निषेधाज्ञामा बालबालिका : जोखिम र अवसर दुव



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।