English

केकी भन्छिन्– ‘श्री ५ अम्बरेको सुटिङ सकेर परीक्षा दिन गएको कहिल्यै भुल्दिनँ’

‘परीक्षाका कारण राम्रा–राम्रा काम छोड्नुपर्दा रुन्थेँ’


काठमाडौँको जोरपाटीस्थित बाल सिर्जनालय माध्यमिक विद्यालयबाट सन् २०६४ सालमा एसएलसी दिएँ । त्यो हाम्रै स्कुल हो, बुबा प्रिन्सिपल हुनुहुन्थ्यो । मेरो पढाई राम्रो भएकाले सधैँ प्रथम हुन्थें । स्कुलमा सधैँ प्रथम हुने र प्रिन्सिपलको छोरी भएकाले एसएलसीमा कस्तो नम्बर आउँछ भन्ने मेरो लागि ठूलो चुनौती थियो । तर, जे होस् एसएलसीमा विशिष्ट श्रेणीमा पास भएँ ।

एसएलसीमा राम्रो अंक ल्याउनेले विज्ञान विषय पढेर डाक्टर र इन्जिनियर बन्नु पर्छ भन्ने त्यतिबेला समाजको सोच र दबाब थियो । त्योबाट म पनि अछुतो रहन सकिनँ । मेरो रुचि कलाकारिता रहेपनि विज्ञान विषय लिएर कक्षा ११ मा बानेश्वरस्थित ह्वाइट हाउस कलेजमा भर्ना भएँ ।

बिहान ६ बजेदेखि १ बजेसम्म पढाई हुन्थ्यो । स्कुल घरबाट नजिक रहेकाले म टाढाको कलेजमा पढ्न चाहन्थेँ । ताकी म लामो यात्रा गरेर पढ्न जाउँ, झोला बोकुँ भन्ने लाग्थ्यो । तर, छुट्टी भएपछि घर फर्किदा एकदेखि डेढ घण्टा लाथ्यो । घर पुगेर कलेजका असाइनमेन्ट गर्न भ्याइँदैन थियो । कहिलेकाँही किन यति टाढा कलेज भर्ना भएछु भन्ने पनि लाथ्यो ।

स्कुलको टप विद्यार्थी थिएँ । कलेजमा मेरो कक्षाको सेक्सनमा सबै टपर मात्र थिए । त्यो बेला उनीहरुसँग कलेज पढ्दा मनोबल घटेको जस्तो महसुस हुन्थ्यो । प्लस टु पढ्दा विज्ञान विषय भएर एकदमै दबाब थियो र २ वर्ष पढाई बाहेक केही गरिएन । नयाँ विद्यार्थीलाई स्वागत र पढाई सकाएकालाई विदाई कार्यक्रममा मात्र रमाइलो गरियो । करिब १० बजे तिर ब्रेक हुन्थ्यो । क्यान्टिनमा हरेक दिन फरक–फरक परिकार पाक्थ्यो । तर, म प्रायजतो रोटी र तरकारी खान्थें ।

कलेज लाइफ चन्चले उमेर नै हो । यो उमेरमा कोही मनपर्नु, कसैप्रति आकर्षित हुनु स्वभाविक नै हो । तर, मैले यस्ता कुरालाई गहिरो रुपमा कहिले लिइन । प्लसटुमा पढाईको दबाब र स्नातक तहमा करिअरमा केन्द्रित थिएँ । जसकारणले लबअफेयर जस्ता कुराहरुबाट टाढा नै रहें ।

प्लस टुमा बिहानको समयमा पढेर दिक्क लागेकाले स्नातक तहमा दिउँसोको कक्षा लिन मिल्ने सोह्रखुट्टेस्थित प्राइम कलेजमा बीआईएम (ब्याचलर्स अफ ईन्फरमेसन) विषयमा स्नातक तह भर्ना भएँ । मेरो कलेज बिहानको साढे १० बजेदेखि ५ बजेसम्म हुन्थ्यो । कलेज जाँदा बाटोमा एकदमै जाम हुन्थ्यो । जसकरण एकदमै समस्या पथ्र्यो । डेढ घण्टा कलेज आउन र जान समय लाग्थ्यो । यात्रामा समय धेरै खर्चिनु परेकाले थप पढाईका लागि समस्या पथ्र्यो । स्नातक तहको पहिलो वर्ष देखि नै कलाकारिताको करिअर सुरु गरि सकेकी थिएँ । स्नातक पढ्दा चार वर्षसम्म पढाई र सुटिङको लागि समय व्यवस्थापन गर्न धेरै समस्या पर्यो ।

प्लस टुमा पढाईमै फोकस भएकाले बीआईएम पढ्न सजिलो भयो । सुटिङ र कलेज नभएपछि साथीहरुसँग बसन्तपुरको चिया पसल पुग्थें । साथै, कलेजबाट कहिलेकहिँ साथीहरुसँग बाहिरफेर पनि डुल्न गइन्थ्यो । एकपटक साथीहरुसँग मनकामना हुँदै पोखरा गएको थिएँ । त्यो यात्रा निकै अविस्मरणीय लाग्छ । यद्यपि, कलेज बंक गर्ने, साथीहरुसँग झगडा गर्ने मेरो स्वभाव थिएन । नियमित कलेज जान्थें, आफ्नो जिम्मेवारी र कर्तव्य के हो त्यो बोध गरेर पढ्थेँ । जे होस् कलेजमा म जिहेन्दार विद्यार्थीकै रुपमा गनिन्थेँ ।

कलेज लाइफ चन्चले उमेर नै हो । यो उमेरमा कोही मनपर्नु, कसैप्रति आकर्षित हुनु स्वभाविक नै हो । तर, मैले यस्ता कुरालाई गहिरो रुपमा कहिले लिइन । प्लसटुमा पढाईको दबाब र स्नातक तहमा करिअरमा केन्द्रित थिएँ । जसकारणले लबअफेयर जस्ता कुराहरुबाट टाढा नै रहें । कलेजलाइफमा मलाई कसैले प्रेम प्रस्ताव राखेको याद छैन । फेरि म अल्लि हक्की स्वभावकी पनि थिएँ, चित्त नबुझेको कुरा प्वाक्क भनिहाल्थें । त्यसैपनि केटाहरुले प्रस्ताव गर्ने आँट नगरेका होलान् ।

करिअर र पढाई दुवैलाई समय दिनु पर्ने भएकाले कहिलेकहीँ समय व्यवस्थापन गर्न नसक्दा रोएको छु । राम्रो–राम्रो प्रोजेक्टहरु परीक्षाको समयमा परेर छोड्न बाध्य भएको छु ।

मैले थापागाउँस्थित प्रेसिडेन्सियल कलेजबाट एमबिए (मास्टर्स अफ बिजनेस स्टडीज) गरें । यो समयमा मलाई सबैले चिन्न थालिसक्नुभएको थियो । बिहान साढे ६ बजेदेखि ९ बजेसम्म कलेज हुन्थ्यो । म्युजिक भिडियो, चलचित्र लगायतका सुटहरु ९ बजेपछि नै राख्थें । सुटिङको गाडी प्रत्येक दिन कलेज बाहिर कुरेको हुन्थ्यो । कलेजका कतिपय साथीहरु कक्षामा पढ्दै गर्दा लुकेर हेर्नुहुन्थ्यो । म त्यहाँ पढ्छु भन्ने कलेजभरी हल्ला भइसकेको थियो ।

करिअर र पढाई दुवैलाई समय दिनु पर्ने भएकाले कहिलेकहीँ समय व्यवस्थापन गर्न नसक्दा रोएको छु । राम्रो–राम्रो प्रोजेक्टहरु परीक्षाको समयमा परेर छोड्न बाध्य भएको छु । त्यतिबेला म रोएकी थिएँ । त्यो सम्झिँदा अहिले हाँसो लाग्छ । मास्टर्स पढ्दाकै कुरा हो बिहान ७ बजे परीक्षा थियो । त्यतिबेला ‘श्री ५ अम्बरे’ चलचित्रको रातभरी सुटिङ थियो । टेक दिँदा खाली हुने बित्तिकै पढ्थें । त्यो सुटिङ बिहानको ५ बजे सकिएको थियो । त्यहाँबाट सिधै परीक्षा केन्द्रमा परीक्षा दिन गएँ । त्यसैले त्यो दिन म कहिल्यै भुल्दिनँ ।

स्नाकोत्तरमा हाजिरी नपुगेर एउटा परीक्षा सहभागी हुन पाएको थिइनँ । छुटेको परीक्षा दिँदा उत्कृष्ट भएँ । नियमित कक्षा लिन नपाएपनि परीक्षा दिँदा उत्कृष्ट सूचिमै नाम हुन्थ्यो । कलेजका सबै अचम्म पर्नु हुन्थ्यो । एक वर्ष नछुटाई मेरो कलेज लाइफ यसरी नै सकाएँ ।

यो पनि पढ्नुहोस् ।
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन
सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे
कक्रोज भन्छन्– चिया पसलमा काम गर्दै कलेज पढें
‘बुबाआमा सरी ! डाक्टर बनाउने तपाईंहरुको सपना पुरा गर्न सकिन’



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित