English

‘लाहुरे’को समाजसेवा



पन्ध्र वर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका अन्नपूर्ण गाउँपालिका–८ का चामबहादुर पुनलाई नपुग्दो केही छैन । विश्वकै सुविधासम्पन्न मानिने लण्डन सहरमा परिवारसँगको बसाइँ छाडेर ६६ वर्षका चामबहादुरले पछिल्लो एक दशक आफ्नै जन्मथलोको विकासमा खर्चेका छन् ।

उनको अगुवाइमा गाउँपालिकाको काफलडाँडामा समुदायस्तरबाट दुई करोड ५० लाख रुपैयाँ सहयोग जुटाएर पुन समुदायको कूल देवता ‘करबाकेलि’को थान, पूजास्थल, सामुदायिक लज, पदमार्ग र सङ्ग्रहालय निर्माण गरिएको छ । ‘लाहुरे बनेर आफ्नो आर्थिक अवस्था सुधारे पनि गाउँमा गरिबी घटाउने र विकासको भोक मेटाउने चिन्ताले सताइरहन्थ्यो’, चामबहादुरले भने, ‘मैले समय मिलाए, परिवार र समाजको साथले करबाकेलीको कायापलट गर्न सम्भव भएको हो ।’

दशकअघिसम्म बाँझिएको डाँडाको पाखामा पूर्वाधार बनाएर त्यसैलाई केन्द्रित गरी ‘करबाकेली इको टे«क’ सञ्चालन गरेपछि करबाकेली यहाँको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ ।

बेलायती गोर्खा सैनिकका सेवानिवृत्त मेजर ७८ वर्षीय चन्द्रबहादुरको परिचय यतिमै सीमित छैन् । सेवानिवृत समय र पेन्सनबापत पाउने सुविधाले जन्मथलोको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सघाएका चन्द्रबहादुरलाई अन्नपूर्ण–७ टिकोटका बासिन्दा समाजसेवीको रुपमा चिन्दछन् ।

‘उहाँ (चन्द्रबहादुर)ले टिकोटको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि आर्थिक मात्र नभएर श्रम र समय दिएर हामीलाई प्रोत्साहन गरिरहनुभएको छ’, टिकोट माविका प्रअ ठगराज पुनले भने, ‘उहाँको योगदान टिकोटवासीका लागि अविश्मरणीय छ ।’

पन्ध्र वर्षको उमेरमा बेलायतको गोर्खा सैनिकमा भर्ती भएका उनले टिकोटको विकास र पोखरामा रहेका विभिन्न सङ्घ संस्थालाई करिब ७५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्न टिकोट माविलाई दुई लाख रुपैयाँ सहयोग गरेका चन्द्रबहादुरले नयाँ भवन निर्माणका लागि थप १८ लाख रुपैयाँ उपलब्ध भराएका छन् ।

अन्नपूर्ण–५ स्वाँतका ७२ वर्षीय बागवीर पाइजा १७ वर्ष गोर्खा सैनीक र नौ वर्ष ब्रुनाइमा काम गरेर विसं २०५८ मा जन्मथलो फर्कंदा नेपालमा सशस्त्रद्वन्द्व उत्कर्षमा थियो ।

महभीर टिकोट सडक निर्माणका लागि तीन लाख रुपैयाँ उपलब्ध गराएर पोखरामा आर्थिक सङ्कलन सुरु गरेका उनले अरुलाई प्रोत्साहनका साथै आर्थिक स्रोत जुटाउने अभियानको अगुवाइ गरे । टिकोटमा बाँस्केटबलको पक्की खेलमैदान निर्माण गर्न ५५ हजार रुपैयाँ सहयोग गरेका चन्द्रबहादुरले करिब एक महिना श्रमदान गरे । उनका दाजुभाइ र परिवारले २१ लाख रुपैयाँको अक्षयकोष बनाएर टिकोटमा सामुदायिक स्वास्थ्य किल्निक सञ्चालन गर्न दुई जना कर्मचारीको तलब र औषधि खरिदमा सघाएका छन् ।

वार्षिक १५ लाख रुपैयाँ पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घ संस्थालाई सामाजिक कामका लागि ७५ लाख रुपैयाँ सहयोग गरिसकेको बताए । अन्नपूर्ण–५ स्वाँतका ७२ वर्षीय बागवीर पाइजा १७ वर्ष गोर्खा सैनीक र नौ वर्ष ब्रुनाइमा काम गरेर विसं २०५८ मा जन्मथलो फर्कंदा नेपालमा सशस्त्रद्वन्द्व उत्कर्षमा थियो ।

तत्कालीन स्थानीय निकायका जनप्रतिनिधिको पदावधि सकिएको थियो । धन, पैसा हुने सहरमा बसाइँसराइ गर्ने क्रम बढेको थियो । ‘सङ्कटकालमा गाउँमा बसेर ज्यान जोगाउनै मुस्किल भएको अवस्थामा मलाइ गाउँलेले एकपछि अर्को गर्दै जिम्मेवारी दिँदै गएं’, पाइजाले भने, ‘सबै सहयात्री सहरबजार र युके बसे तर म गाउँको काम गर्न छाडिन् ।’

स्थानीयवासीले आफन्तको नाममा पाउद्वारदेखि खोपाराहुँदै चार हजार ७०० मिटर उचाइमा रहेको खयर भारानी ताल जाने दश किलोमिटर भन्दा बढी दुरीको पदमार्ग र चौतारी बनाएका छन् । कोषले स्वदेश तथा विदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा एक करोड ५० लाख रुपैयाँको हाराहारीमा लगानी गरेको छ ।

जनप्रतिनिधि नभएको अवस्थामा उनले गाउँलेलाई अभिभावकत्व प्रदान गरेर शिखमा धेरै विकास गतिविधि भए । बागवीर अघि सरेपछि स्थानीय, पोखरा, काठमाडौँ, चितवनलगायत सहर, बेलायत, हङकङ, अमेरीकादेखि खाडीमुलुकमा रहेका शिखवासीले साथ दिन थाले । पोखरामा महायज्ञ आयोजना गरेर शिख माविमा कक्षा १२ को पठनपाठन सञ्चालन सुरु गरियो ।

पोखरेबगरदेखि घार शिख, चित्रे पुगेको कच्ची सडक निर्माणमा शिखका तर्फबाट बागवीरले नेतृत्व गरे । बाह« वर्षसम्म शिख माविको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका पाइजाले विभिन्न दाताबाट सहयोग जुटाएर कम्प्युटर कक्षा सञ्चालन, इन्टरनेट जडान, छात्रावास सञ्चालन गराए ।

विद्यालय चलाउन बयली र डाडखर्कमा सामुदायिक लज सञ्चालन भयो । ती स्थानलाई पर्यटकीय पदमार्गमा समावेश गरिएको छ । सामाजिक अभियानकर्मी महाविर पुनसँग सहकार्य गरेर भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा रहेका सामुदायिक लजमा विद्युत सुविधा पु¥याउन दुई करोड ५० लाख रुपैयाँ जुटाएर ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत परियोजना निर्माण गरियो ।

पाँच वर्ष शिख स्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष र स्थानीय तहको चुनाव नहुँदासम्म तत्कालिन शिख गाविसको राजनितिक संयन्त्रमा माओवादीका तर्फबाट प्रतिनिधित्व गरेका पाइजा एक वर्षयता बेलायतमा छन् । अन्नपूर्ण–५ पाउद्वारका ७० वर्षीय राजु पुन बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएपछिको एक दशकयताको समय त्यहाँको धार्मिक पर्यटकीयस्थल खयरभारानीको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा सर्मपित हुँदै आएका छन् ।

बाइस वर्ष सेवा गरेपछि बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएका ७० वर्षीय लेफ्टीनेन्ट उहाँ विसं २०६८ देखि भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने ओझेलमा परेको खयर भारानी क्षेत्रको विकासमा सर्मपित रहेका छन् । राजुको नेतृत्वमा ‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष’मार्फत दाताबाट करोडौं सहयोग जुटाएर पदमार्ग निर्माण/सुधार, थान (मन्दिर) र धर्मशाला निर्माण गरिएको छ ।

म्याग्दीकै पर्यटकीयस्थल पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा ‘भ्यु टावर’ बनाउने कामको नेतृत्व गरेका राजुको अगुवाइमा खयर क्षेत्रमा निर्माण गरिएका पूर्वाधारले पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।

स्थानीयवासीले आफन्तको नाममा पाउद्वारदेखि खोपाराहुँदै चार हजार ७०० मिटर उचाइमा रहेको खयर भारानी ताल जाने दश किलोमिटर भन्दा बढी दुरीको पदमार्ग र चौतारी बनाएका छन् । कोषले स्वदेश तथा विदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा एक करोड ५० लाख रुपैयाँको हाराहारीमा लगानी गरेको छ ।

गाउँ धानेका भूपु

युवा पलायनले रिक्तिएका गाउँको नेतृत्व जीवनको उर्वरकाल विदेशी भूमिमा रगत र पसिना बगाएर फर्केका भारतीय ताथ बेलायती गोर्खा सैनिकका भूपुहरूले सम्हालेका छन् । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा भूपु सैनिकको नेतृत्व छ । बुढ्यौली लाग्दासम्म सामाजिक सेवामा क्रियाशील भुपु सैनिकहरुले गाउँको आर्थिक–सामाजिक व्यवस्थालाई चलायमान बनाएका छन् ।

गाउँमा भूपुहरूको सक्रियता आशालाग्दो भएको सो गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन बताउँछन् । ‘मगर बाहुल्य बसोबास रहेको म्याग्दीमा भारतीय, बेलायती सैनिक र सिङ्गापुर प्रहरीका धेरै परिवार रहेका छन्’ , भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका उनले भने, ‘बसाइँसराइ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले सुनसान बन्दै गएको गाउँलाई भूपुहरूले प्राण भरेका छन् ।’

पहिलो जस्तो गाउँमै आएर गल्लाले खोजी खोजी भर्ना नगरे पनि म्याग्दीका सबैजसो गाउँका युवा भारतीय तथा बेलायती सेनामा कार्यरत छन् । प्रत्येक जसो बस्तीमा सेवा निवृत्त भएका भूपु सैनिक छन् । हबल्दार, सुवेदार, क्याप्टेनसम्मको पद हासिल गरेर फर्केका भूपु सैनिकले अहिले गाउँका सामाजिक सङ्घ संस्था हाँकेका, राजनीतिक दलको नेतृत्व गरेका र उपभोक्ता समितिमा रहेर काम गरेका छन् । समाजसेवामा रुची राख्ने, इमान्दार, सहयोगी, साक्षर, अनुशाशित र नीति नियमबारे जानकार भएकाले गाउँमा गरेका छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।