English

यी हुन् स्वर बस्नुका कारण, कसरी बच्ने ?



धेरैजनाले स्वर बस्ने समस्या झेल्नु भएकै होला । स्वर बसेमा अप्ठेरो महसुश हुनुका साथै कुराकानी गर्न गाह्रो हुन्छ । बोल्दा घाँटीमा पीडावोध हुन्छ, र बोली नबुझिने हुन्छ । यसरी स्वर बस्दा कसरी निको होला ? भन्ने चिन्ता धेरैलाई हुन सक्छ । त्यसैले स्वर बस्नुको कारण र यसबाट बच्ने उपायको बारेमा नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन डा.सुधा शाहीको सुझाव यस्तो छ :

स्वर बस्ने कारणहरु

– भाइरल इन्फेक्सन (रुघा खोकी)
– ठुलो स्वरमा बोलेर वा चिच्याएर भोकल कर्डमा असर परेर सुन्निने वा गाँठो पलाउने समस्या भएमा
– चिसोको एलर्जी
– ग्यास्ट्रिकको समस्या
– भोकल कर्डमा ट्युमर पलाएमा
– थाइरोइड तथा घाँटीको ट्युमर
– ल्यारिङ्क्समा चोट लागेको वा ट्युमर पलाएको खण्डमा
– धेरै धुम्रपान गर्ने व्यक्तिमा भोकल कर्ड सुन्निएर
– भोकल कर्ड वरिपरिको नशा च्यापिएमा
– अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन
– थाइरोइड तथा घाँटीसम्बन्धि रोगको अप्रेसन गर्दा
– नशासम्बन्धी समस्या भएमा
– घाँटीमा चोटपटक लागेमा
– पक्षघातको समस्या भएमा

बच्ने उपाय

– चिसोको एलर्जी भएको खण्डमा चिसोबाट जोगिने
– खाना बार्ने अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने
– ग्याष्ट्रिकको कारणले यो समस्या भएको हो भने त्यसको उपचार गर्ने
– धुम्रपान र मद्यपानको सेवन नगर्ने
– धुलो, धुँवा र प्रदुषणबाट जोगिने
– लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने
– स्वर बस्ने धेरै कारणहरु हुने भएकोले कारण पत्ता लगाएर उपचार गर्ने
– लगातार स्वर बस्ने वा स्वर धोत्रो भएमा अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने

यो पनि पढ्नुहोस् :
के हो ब्यालेन्स डाइट ? के–के समाबेस गर्ने ?
सामान्य दुखाईमा पनि पेनकिलर खानु हानिकारक ! यस्ता हुन्छन् साइड इफेक्ट
युरिक एसिडको बिरामीले के खाने, के नखाने ?
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।