English

नाडाद्वारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण



नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले ट्राफिक प्रहरीलाई जनचेतनामुलक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक सञ्जिव शर्मालाई सामग्री हस्तान्तरण गरेको हुन् ।

काठमाडौंस्थित त्रिपुरेश्वरमा भएको कार्यक्रममा नाडाले १० हजार थान नो हर्न स्टिकर, ५ हजार थान मास्क, ‘ट्राफिक नियम पालना गरौं’ चेतनामुलक ब्यानर २ सय थान र ‘तपाईंको मास्क खोइ ?’ चेतनामुलक ब्यानर २ सय थान सहयोग स्वरुप प्रदान गरेको थियो । साथै, कार्यक्रममा जनचेतामुलक पर्चा, स्टिकर सवारी चालकलाई वितरण गरिएको नाडाका सचिव अनुपकुमार बराले जानकारी दिए ।

कार्यक्रममा नाडाका अध्यक्ष दुलालले सवारी दुर्घटनाबाट बच्न ट्राफिक नियमको पालना र कोभिडबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताए । ‘महामारीलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीको योगदान अतुलनीय छ,’ उनले भने, ‘यसमा नागरिकस्तरबाट पनि सहयोगको खाँचो छ ।’

नाडाले हरेकवर्ष महाशाखासँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएको छ । केही समय अघि नाडाले ट्राफिकका लागि ज्याकेट वितरण गरेको थियो । साथै, हरेक वर्ष उत्कृष्ट काम गर्ने ४ जना ट्राफिकलाई नगद र प्रमाणपत्रसहित सम्मान गर्दै आएको छ । कार्यक्रममा नाडाका अध्यक्ष दुलाल, सचिव बरालसँगै महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह–कोषाध्यक्ष विक्रम सिंहानियालगायत केन्द्रीय समितिका सदस्यहरुको उपस्थित थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।