English

मिर्गौला रोग, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता सरकारको घोषणा



मिर्गौला रोग, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई सरकारले मासिक ५ हजार भक्ता दिने घोषणा गरेको छ । शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता दिने घोषणा गरेका हुन् ।

यसअघि आमचुनावको मुखमा तत्कालिन शेरबहादुर देउवा सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भइ प्यारालाइसिस भएका बिरामीलाई मासिक उय५ हजार भक्ता दिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्नका लागि अहिले देउवा नेतृत्वकै सरकारले बजेटमा समावेश गरेको हो ।

सरकारको तथ्य अनुसार करिव १ लाख बिरामीलाई मासिक भत्ता दिनुपर्ने छ । जसमा मासिक ५० करोड रुपैयाँ भत्तामा खर्च हुन्छ । यो सँगै सरकारले चालु आर्थिक वर्षको बजेटलाई समेत परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

असोज १०, नेपालकै जेठो लोककल्याणकारी ‘परोपकार संस्था’को ७९ ओैँ स्थापना दिवसमा दुई जना व्यक्तित्व सम्मानित भएका छन् । ‘समाजसेवाका शिखर

इटहरी/ विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको बुधबार इटहरीस्थित दुर्गा

Latest










Popular
Suggested